०४८ को निर्वाचन जितेका कांग्रेसका यी ११ नेतालाई कति सहज छ यो चुनाव

०४८ को निर्वाचन जितेका कांग्रेसका यी ११ नेतालाई कति सहज छ यो चुनाव

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनमा अधिकांश पुरानै अनुहारको बर्चस्व कायम छ। नेपाली कांग्रेसमा २०४८ सालको आम निर्वाचनमा निर्वाचित ११ जना र मनोनित १ जनाले अहिलेको निर्वाचनमा उम्मेदवारी दिएका छन्। उनीहरू अधिकांश २०४८ देखि निरन्तर संसदीय राजनीतिमा छन्।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित विजयकुमार गच्छदार, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, दीलेन्द्रप्रसाद बडु, रामजनम चौधरी, रमेश रिजाल, सुरेन्द्रप्रसाद चौधरी र पद्मनारायण चौधरी रहेका छन्।

कांग्रेस सभापति देउवा २०४८ सालमा पनि डडेलधुराबाट निर्वाचित सांसद हुन्। उनले अहिले पनि डडेलधुराबाटै उम्मेदवारी दर्ता गराएका छन्। उनी ०४८ यता निरन्तर संसदीय राजनिति र सरकारको नेतृत्वमा छन्।

त्यस्तै गच्छदार पनि निरन्तर संसदमा छन्। उनी २०४८ मा सुनसरी-२ बाट निर्वाचित भएका थिए। अहिले क्षेत्र परिवर्तन गरी सुनसरी-३ बाट चुनावी मैदानमा भिड्दैछन्। उनी पनि उपप्रधानसहित शक्तिशाली मन्त्रालयको अनुभव गर्दै आएका राजनीतिज्ञमा पर्छन्।

सिटौलाले पनि पटक-पटक अवसर पाउँदै आएका छन्। २०४८ सालको आम निर्वाचनमा मनोनीत सिटौला यसपटक झापा-३ बाट भिड्दैछन्। उनका प्रतिस्पर्धीका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन हुन्। सिटौलाले पनि सरकारमा रहेर गृह मन्त्रालयसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

सत्ता राजनीतिमा रहिरहन खोज्ने अर्का नेता हुन् बालकृष्ण खाँण। २०४८ सालमै सांसद जितेका खाँण अहिले पनि सोही क्षेत्रबाट चुनावी मैदानमा होमिएका छन्। उनका प्रतिस्पर्धी दीपक बोहरा त झन् २०३८ सालमै राष्ट्रिय पञ्चायत सदस्य भएका थिए। खाँण हालः गृहमन्त्री छन्। प्रधानमन्त्री देउवाका विश्वासपात्रसमेत रहेका खाँणले श्रीमती मञ्जु खाँणलाई समानुपातिक सूचीमा समेटेका छन्।

पार्टी उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्का पनि निरन्तर संसदमा छन्। २०४८ सालको आम निर्वाचनमा सुर्खेत १ बाट खड्का निर्वाचित भएका थिए। खड्का गृहसहित अरु मन्त्रालयको जिम्मेवारी सुम्पिएका नेतामा पर्छन्। यसपटक पनि उनले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै सभामुखको समेत जिम्मेवारी सम्हालिसकेका रामचन्द्र पौडेल सत्तामा जान खोजिरहने नेताका रूपमा कहलिन्छन्। पटक-पटक प्रभावशाली मन्त्रालयको स्वाद चाखेका पौडेल २०४८ देखि अधिकांश संसदीय राजनीतिमै छन्। यसपटक पनि उनी तनहुँ १ बाट चुनावी मैदानमा भिड्दैछन्।

त्यस्तै टिकट पाउने अर्का भाग्यमानी नेतामा पर्छन्, रामजनम चौधरी। उनी २०४८ सालको निर्वाचनमा पनि कैलाली-२ बाट चुनाव जितेका थिए। यसपटक उनले कैलाली १ बाट टिकट पाएका छन्। चुनावी जोडघटाउ र रणनीतिमा कुशल मानिने चौधरीले २०४८, २०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनी भूमिसुधार र स्वास्थ्य गरी दुईपटक मन्त्री बनेका छन्।

दीलेन्द्र प्रसाद बडुले २०४८ सालमा निर्वाचित सांसद हुन्। अहिलेपनि बडुले दार्चुलाबाट टिकट पाएका छन्। ०४८ सालमा पनि दार्चुलाबाटै चुनाव लडेका थिए। बडु पटक-पटक मन्त्रालयको नेतृत्व गर्ने भाग्यमानी नेताका रूपमा चिनिन्छन्।

त्यस्तै २०४८ सालदेखि अधिकांश समय पर्सा ३ बाट सुरेन्द्रप्रसाद चौधरीको हातमा टिकट पर्दै आएको छ। कांग्रेसभित्र बौद्धिक नेताका रूपमा चिनिने चौधरी सरकारमा समेत सहभागी भएका नेतामा पर्छन्। पर्सा ४ बाट रमेश रिजाल पनि २०४८ देखि धेरैजसो संसदीय राजनितीमा छन्। उनले अहिले पनि पर्सा ४ बाटै टिकट हात पारेका छन्।

त्यस्तै सिरहा १ बाट पद्मनारायण चौधरी आगामी चुनावमा भिड्दैछन्। २०४८ सालको आम निर्वाचनमा निर्वाचित चौधरी कांग्रेसभित्र पटक-पटक अवसर पाउने नेताका रुपमा पर्छन्।

धनुषा ३ बाट २०४८ सालमै निर्वाचित आनन्दप्रसाद ढुगांनाको नाम समानुपातिक सूचीमा परेको छ। उनको नाम प्राथमिकताका साथ तेस्रो नम्बरमा परेको हो। त्यस्तै २०४८ सालमा स्याङजा १ बाट निर्वाचित गोपालमान श्रेष्ठको नाम पनि समानुपातिक सूचीमा राखिएको छ।

पुराना नेताहरू पटक-पटक दोहोरिँदा नयाँ पुस्ताका नेताहरू नेतृत्वमा आउन वञ्चित भइरहेका छन्। जसका कारण पार्टीभित्र अन्तरविरोध हुँदै आएको छ। पुरानै नेतृत्व दोहोरिएकै कारण पछिल्लो समय युवा पुस्तामा राजनीतिप्रतिको वितृष्णा बढेको राजनीतिक विश्लेषकहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.