प्रतिकूल मौसमका कारण हिमाली क्षेत्रमा पर्यटक अलपत्र

प्रतिकूल मौसमका कारण हिमाली क्षेत्रमा पर्यटक अलपत्र

जोमसोम : हिमाली क्षेत्रमा सयौं पर्यटक अलपत्र परेका छन्। केही सम्पर्कविहीन भएको आशंका गरिएको छ। दसैंअघि झन्डै ६ देखि ७ सयको हाराहारीमा मनाङ, मनाङ,गोर्खा, मुस्ताङ र उपल्लो डोल्पाको हिमाली क्षेत्रमा पुगेका थिए। निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण ती पर्यटकबीच बाटोमै अलपत्र परेका छन् भने केही पर्यटक सम्पर्कविहीन अवस्थामा रहेको जनाइएको छ।

विभिन्न कम्पनीहरूमार्फत् झन्डै ७ सय बढीको संख्यामा मनाङ र गोर्खाको मनास्लु ,मनाङको अन्नपूर्ण, मुस्ताङको धौलागिरी सर्किटमा पुगेका थिए। केही उपल्लो डोल्पाको धोतरापलगायतका स्थानमा पुगेका थिए।

मनास्लु, अन्नपूर्ण र धौलागिरी र उपल्लो डोल्पामा पुगेका विदेशी पर्यटकको हेलिमार्फत् उद्धार भइरहेको नेपाल ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का महासचिव विनोद सापकोटाले जानकारी दिए। 

दसैंअघि करिब ७ सय पर्यटक विभिन्न कम्पनीमार्फत् पश्चिम हिमाली क्षेत्रमा प्रस्थान गरेको भए पनि कुन-कुन क्षेत्रमा कति विदेशी पर्यटक गएका थिए भन्ने एकीन तथ्यांक टानसँग उपलब्ध नभएको टानको महासचिव सापकोटाको भनाइ छ। 
उनले टानसँग पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लिने पर्यटक नभएकाले के कति सख्यामा पर्यटक अलपत्र छन्, कति सम्पर्क छन् भन्ने तथ्यांक नहुँदा पर्यटकको विस्तृत विवरण खुल्न नसकेको बताए।


केही दिनदेखिको अविरल वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातलगायतका कारणले धौलागिरी पर्यटक अलपत्र र तथा सम्पर्कविहीन भएका हुन्। त्यस्तै सोमबारमात्रै मनाङ र मुस्ताङको थोरङ्पासमा अलपत्र परेका करिब ३० जना विदेशी पर्यटक मुक्तिनाथमा सम्पर्कमा आएका स्थानीय पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए। उनले अलपत्र परेका पर्यटक सकुशल उद्धार भएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.