उम्मेदवारी दर्तामै आचारसंहिता उल्लंघन

उम्मेदवारी दर्तामै आचारसंहिता उल्लंघन

काठमाडौं : मनोनयनपत्र पेस गर्न जाँदा २५  जनाको संख्यामा मात्रै जानुपर्ने निर्वाचन आचारसंहिताका उल्लेख छ। मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गराउन गएका उम्मेदवारहरूले आचारसंहिता मिचेका छन्। मानिसहको जुलुस मात्रै होइन्। उनीहरू गाडीको र्‍याली लगाए। 

‘आचारसंहिता मिच्नेलाई ठाउँको ठाउँ  कारबाही गर्ने’  प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भनेका थिए। तर, आचारसंहिता उल्लंघन गर्नेहरूलाई आयोगले कारबाही गरेको छैन। 

‘निर्वाचन प्रक्रिया सुरु भएको छ। आचारसंहिता मिचेको कुरा आयोगले नोटिसमा लिन्छ। अहिले भरखरै भएको कुरा भरखरै देखिने कुरा पनि होइन्। आचारसंहिता मिचेको विषय मिडिया वा अन्य माध्यममार्फत आउँछ। 

आयोगले यस विषयमा उचित निर्णय लिन्छ,’ उम्मेदवारहरूले निर्वाचन आचारसंहिता मिच्न सुरु गरेको सन्दर्भमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘चुनावमा दलहरूले बागाजागा प्रयोग गर्न पाउनुपर्छ भन्दै आएका छन् तर, यो आचारसंहिता विपरीत हो।’ 

यस विषयमा आयोगले दलहरूलाई छलफलमा बोलाएर उनीहरूले दिएको सल्लाह र सुझावका आधारमा आचारसंहिता लागू गरेको उनले बताए। 
‘आचारसंहिताका  विषयहरूमा कतिपय दलहरूले संशोधनका लागि उठाएका बुँदाहरूमा पनि आयोगले संशोधन गरेको छ। बाजागाजा प्रयोग गर्न पाउनुपर्छ भनेर  दलहरूले उठायो भने आयोगले बल मिच्याइँ गर्दैैन। सबैसँग छलफल गरेर आयोगले आचारसंहिता बनाएको हो,’ उनले भने। 

त्यस्तै, अब आचारसंहिताको कार्यान्वन कसरी हुँदैछ भन्ने प्रश्नमा उनले भने, ‘हामीले आचारसंहिता कार्यान्वयका लागि संयन्त्र नै निर्माण गरेका छौं। आचारसंहिता हेर्ने महाशाखा छ। त्यहाँबाट प्रक्रिया सुरु गरेर आचारसंहिता मिच्नेहरूलाई कारबाही हुन्छ। हामीले स्थानीय तहको निर्वाचनमा समयमा चुनाव खर्च नबुझाई आचारसंहिता मिच्नेहरूलाई कारबाही गरेको ज्वलन्त उदाहरण छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.