चुनावी मैदानमा व्यवसायी र अर्थशास्त्री

चुनावी मैदानमा व्यवसायी र अर्थशास्त्री

काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अर्थशास्त्री तथा व्यवसायी पनि मैदानमा उत्रिएका छन्। व्यावसायिक क्षेत्रमा सफल भएकाहरू विभिन्न पार्टीबाट उम्मेदवार बनेका हुन् । 

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा व्यावसायिक घरानाका नयाँ व्यक्तिले टिकट नपाए पनि पुराना व्यक्तिले भने टिकट पाएका छन्। प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई एमालेले समानुपातिक उम्मेदवार बनाएको छ। कांग्रेस संगठन विभागको उपप्रमुखको जिम्मेवारी सम्हालिसकेका भट्टचन यसपटक बागलुङबाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने इच्छा राखेका थिए। तर, कांग्रेसले बेवास्ता गरेपछि उनी एमालेबाट समानुपातिक उम्मेदवार बनेका हुन्। 

अर्बपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौधरी नवलपरासीका दुुईवटै क्षेत्रबाट सिफारिसमा परेका थिए। चौधरी यसअघि समानुपातिक सांसद थिए। अर्थशास्त्री डा. विश्वनाथ पौडेल चितवन–१ बाट उम्मेदवार बनेका छन्। राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट असोज २० गतेदेखि लागू हुनेगरी राजीनामा दिएर पौडेल निर्वाचनमा होमिएका हुन्। 

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पौडेललाई शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोगको उपाध्यक्ष बनाएको थियो। सितेबा ग्रुपका सञ्चालक मधुसूदन पाठक काठमाडौं– ५ मा स्वतन्त्र उम्मेदवार बनेका छन्। स्वतन्त्ररूपमा चुनावमा होमिएको उनले जनाए।  पाठक ज्येष्ठ कोअपरेपटिभ लिमिटेडका कार्यकारी सञ्चालकसमेत हुन्। ‘बेथिति, राजनीतिक अराजकता, शासन र सत्ताको चरम दुरुपयोगका विरुद्ध उम्मेदवारी दिएको उनले बताए।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक तारा लामा तामाङ एमालेबाट कञ्चनपुर–१ मा उम्मेदवार भएका छन्। तामाङ यसअघि समाजवादी पार्टीबाट सुदूरपश्चिममा आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए। व्यावसायिक पृष्ठभूमिका कृष्णकुमार श्रेष्ठ ‘किसान’ बारा–४ बाट उम्मेदवारी दिएका छन्। श्रेष्ठले यसअघिको निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ–१ मा पराजित गरेका थिए। गठबन्धनका कारण तनहुँमा टिकट नपाएपछि उनी बारा पुगेका हुन्। 

श्रेष्ठले स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एलपी सावाँ लिम्बू झापा— ४ बाट उम्मेदवार बनेका छन्। उनी अहिले पनि व्यावसायिक क्षेत्रमा क्रियाशील छन्। एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षसमेत रहेका लिम्बू यसअघि पनि सांसद थिए। फरवार्ड इन्टरप्राइजेज प्रालिकी अध्यक्ष भगवती चौधरी एमालेबाट सुनसरी–३ को उम्मेदवार बनेकी छन्।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकी अध्यक्षसमेत रहेकी चौधरी २०७० सालको संविधानसभा निर्वाचनमा विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन्। चौधरी माइक्रोफाइनान्स एसोसिएसन नेपालको उपाध्यक्ष हुन्। 

मनाङमा स्याउ फार्म खोलेका पोल्देन छोपाङ गुरुङ पनि उम्मेदवार बनेका छन्। उनको नेपाली कांग्रेसका टेकप्रसाद गुरुङसँग प्रतिस्पर्धा हुँदै छ। टेकप्रसाद पनि व्यावसायिक पृष्ठभूमिका हुन्। म्यानपावर व्यवसायका क्षेत्रमा स्थापित गुरुङ २०७२ मा राज्यमन्त्री हुँदा ‘फ्रि भिसा, फ्रि टिकट’ निर्णय गर्दा लोकप्रियता पाएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.