बझाङ सदरमुकाम नजिकै पहिरोमुनि ६ घर

बझाङ सदरमुकाम नजिकै पहिरोमुनि ६ घर

बझाङ : बझाङ सदरमुकाम चैनपुर छेउमा बाहुली खोला पक्की पुल नजिक विगत १ वर्ष अघिदेखि सडकमाथिबाट पहिरो खसिरहन्छ। सडक मुनि रहेका ६ बोहरा परिवार पानी पर्नासाथ खोलापारि छिमेकीको घरमा जान्छन्। पानी परेको दिन बाहुली खोलाको सुसाहट र पहिरो खस्ने डरले उनीहरुलाई निन्द्रा लाग्दैन। 

 
पहिरो मुखैमा सदरमुकाम चैनपुरलाई बाहिरी जिल्ला जोड्ने सडक छ। सडकभन्दा मुनि छन् ६ वटा पक्की घर। जिल्ला प्रशासन कार्यालय पहिरो खसेको ठाउँबाट करिब २०० मिटर मात्रै टाढा छ। दैनिकजसो जिल्लाका प्रभुद्ध व्यक्ति, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका पनि गाडी मोटर हुइकाउँदै त्यही पहिरो हेर्दै वारपार गर्छन् तर पहिरो मुनिका ६ घरका लागि कसैले केही सोचेका छैनन्। ‘पहिरो खस्न थालेको अघिल्लो वर्षको भारी वर्षाले हो। पानी परेको हरेक रातभर जाग्राम बस्दै कटाउने गरेका छौं। पहिले पहिरो खस्ने जस्तो थिएन। सडक नजिक छ भनेर घर लगायौं, अहिले घरमै बस्न सकिंदैन।’ स्थानीय हरिलाल बोहराले भने। 

झरी पर्न सुरु भएदेखि आफ्नो घरमा बास बस्न नपाएको अर्का स्थानीय राजेन्द्र बोहराले गुनासो पोखे। उनका अनुसार पहिरो खस्न थालेको लामो समय बिते पनि प्रशासन र नगरपालिकाले पहिरो रोकथाम तथा नियन्त्रमा ध्यान दिएका छैनन्। पीडित युवा धिरेन्द्र बोहराले भने, ‘सडक खुलाउन खसेको माटो ढुंगा मात्रै यताउता सारेर जान्छन्। हाम्रो बारेमा सोच्ने त कोही रहेनछन्। सायद जुन दिन हामी ६ परिवार यो पहिरोले एकै घान बनाउँछ अनि मात्रै देख्नेछ यो सरकारले।’

उनले पहिरो नियन्त्रण तथा रोकथामका लागि निवेदन दिन जयपृथ्वी नगरपालिका कार्यालय गएको तर मेयर छैनन् भन्दै फर्काएको समेत बताए। उक्त पहिरो सडकभन्दा तल खसेमा हरिलाल बोहरा, राजेन्द्र बोहरा, पात्यादेवी बोहरा, बिरेन्द्र बोहरा, बेलमतीदेवी बोहरा र पदमबहादुर बोहराका ६ वटा घरमा  असर पर्ने देखिन्छ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले सडक डिजिभन कार्यालयलाई पर्खाल निर्माणका लागि भनिसकेको बताए। उनले भने,‘अहिले सडकमा खसेको सबै माटो पन्छाउँदा माथिबाट झन् पहिरो खस्ने डर छ। पानी रोकिएपछि सडक डिभिजन कार्यालय बैतडीले पहिरो नियन्त्रण गर्छ। तलका घर जोखिममा छन्। उनीहरुलाई हामीले अलर्टमा राखेका छौं। ’

पहिराले बाहुली खोलाबाट सदरमुकाम चैनपुरका लागि ल्याइएको नहरसँगै बन्दै गरेको नयाँ बसपार्कमा पनि क्षति हुने देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.