स्याङ्जामा कांग्रेस केन्द्रीय उपसभापति गुरुङ र एमाले सचिव अर्यालबीच प्रतिस्पर्धा

स्याङ्जामा कांग्रेस केन्द्रीय उपसभापति गुरुङ र एमाले सचिव अर्यालबीच प्रतिस्पर्धा

स्याङ्जा : मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य चयनको निर्वाचनमा केन्द्रमा हैकम राख्ने २ नेताबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। स्याङ्जाको क्षेत्र नं. २ बाट केन्द्रीय उपसभापति र केन्द्रीय सचिवबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। केन्द्रमा समेत बलियो पहुँच रहेका दुबैको चुनावी प्रतिस्पर्धा गृहजिल्ला स्याङ्जामा देखिने भएको छ। 

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका सचिव पद्मा अर्यालबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। यी दुईबीच चुनावी प्रतिस्पर्धा निकै रोचक हुने बताइएको छ। 

गुरुङ पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छन्। यसअघि उनी २ पटकसम्म समानुपातिकतर्फबाट संसद बनिसकेका छन्। अर्याल भने २०७४ सालमा निर्वाचित सांसद हु्न्। 

संघीय सांसदका लागि क्षेत्र नं. २ मा ४ स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी दर्ता भएको छ। यसैगरी, राष्ट्रिय स्वतन्त्र पाटीका टिकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल, एकीकृत शक्ति नेपालका नरबहादुर खड्काथोकी, राष्ट्रिय जनमुक्ति पार्टीका रिमीसरा गाहा राना, कांग्रेस वीपीका गणेशप्रसाद पाण्डेय, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) डोलराज विक, मंगोल नेशनल अर्गनाइजेशनका चोकबहादुर गुरुङसहित सागर ढकाल, ढालप्रसाद पाण्डे, कोपिलदेव न्यौपाने र चिरञ्जिवी पाण्डेयले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

यसैगरी, २ को (क) प्रदेशमा कांग्रेसका भोजराज अर्याल, एमालेका मोहन रेग्मी, नेकपा समाजवादीका रामचन्द्र भट्टराई, मंगोल नेशनल अर्गानाइजेसनका राजु गुरुङ, राष्ट्रिय जनमोर्चाका हुमबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर गैह्रे र धनबहादुर गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

(ख) मा कांग्रेसका महेश भट्टराई, एमालेका बुद्धिमान श्रेष्ठ, मंगोल नेशनल अर्गानाईजेशनका खर्कबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका खडगबहादुर झेडी, राष्ट्रिय प्रजातन्त्र पाटीका कमलप्रसाद डुम्रे, मौलिक जरोकिलो पार्टीका तोयानाथ ढकालको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय वालिङ्ले जनाएको छ। 

आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चयन निर्वाचनका लागि स्याङ्जाको निर्वाचन क्षेत्र २ बाट २६ जनाको उम्मेदवारी दर्ता भएको छ। संघतर्फ १३ जना, प्रदेश (क) मा ७ जनार (ख) मा ६ जनाको उम्मेदवार दर्ता भएको हो। 

दुई संघीय र ४ प्रदेशसभा रहेको स्याङ्जाको क्षेत्र नं. १ मा ३० जनाको उम्मेदवारी परेको हो। जसमध्ये संघतर्फ १५ जना र प्रदेश (क) मा ८ र (ख) मा ७ जनाको उम्मेदवारी दर्ता भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.