उपल्लो डोल्पाबाट दुई विदेशीसहित ६ जनाको उद्दार

उपल्लो डोल्पाबाट दुई विदेशीसहित ६ जनाको उद्दार

जोमसोम : प्रतिकुल मौसमका कारण उपल्लो डोल्पामा ७ अलपत्र विदेशी पर्यटकको बुधबार हेलिकोप्टरबाट उद्दार गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा २ विदेशी र ४ जना नेपालीको कैलाश एअरको हेलीबाट उपल्लो डोल्पाको नेउलापासबाट उद्दार गरिएको हो।

प्रतिकुल मौसमका कारण उपल्लो डोल्पाको याक खर्क र नेउपलापासको मध्यभागमा हावाहुरी र हिमपातका कारणबीच बाटोमै फसेका मलेसियन नागरिक जेराल्ड डानियल र सिंगापुरे नागरिक सुन्दर सिल्भराजसहित ७ जनाको हेलि उद्दार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

उपल्लो डोल्पामा दुई विदेशीसहित सांग्री भोटे, देव भोटे, पदमबहादुर श्रेष्ठ र जिवन डांगीको सकुशल हेलिकिटरबाट उद्दार गरिएको हो।

अध्यागमन विभागबाट उपल्लो डोल्पा घुम्ने स्वीकृति लिएर गएका उनीहरू सेप्टेम्बर २० तारिखदेखि सेप्टेम्बर २९ तारिखसम्म समयअवधि थियो। तर उपल्लो मुस्ताङ भ्रमण गर्ने क्रममा मौसम खराबीका कारण निर्धारित समयसीमा निषेधित तथा नियन्त्रित क्षेत्रबाट बाहिर निस्किन सकेका थिएनन्। उनीहरू तोकिएको निर्धारित भ्रमण तालिकाभन्दा १३ दिन बढी डोल्पामै फसेका थिए। उपल्लो मुस्ताङ र उपल्लो डोल्पा जाने विदेशी पर्यटकलाई प्रतिदिन ५० अमेरिक डलर तिर्नुपर्छ। डोल्पाबाट उद्दार गरिएका मेलिसियन र सिंगापुरका दुई पर्यटकले १३ दिन थप शुल्क बुझाएको एक्याप जोमसोमले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.