गठबन्धनविरुद्ध मनोनयन दिएका प्रदेश मन्त्रीको उम्मेदवारी फिर्ता
काभ्रे : काभ्रेमा गठबन्धनविरुद्ध नेकपा एकीकृत समाजवादी कभ्रे जिल्ला अध्यक्ष एवं बागमती प्रदेश कृषि मन्त्री बसुन्धरा हुमागाइले उम्मेदवारी दिएका थिए। मन्त्री हुमागाइले आज निर्वाचन कार्यालय धुलिखेल पुगेर मनोनयन फिर्ता लिएका छन्।
केन्द्रीय पार्टी कार्यालयको निर्देशनअनुसार आफूले गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न उम्मेदवारी फिर्ता लिएको मन्त्री हुमगाइले अन्नपूर्णलाई जानकारी दिए। निर्वाचन कार्यालयले मन्त्री हुमगाइले मनोनयन फिर्ता लिएको पत्र टास गरिएको छ।
प्रतिनिधि सभा २ को प्रदेश सभा ख मा गठबन्धनबाट नेपाली काङ्ग्रेस नेता एवं पूर्वमन्त्री कन्चन बादेलाई उम्मेदवारी बनाएको थियो। हुमागाइले सो क्षेत्रमा गठबन्धनविरुद्ध उम्मेदवारी दिएका हुन्। ०७४ मा नेकपा एमालेबाट प्रदेश सदस्य निर्वाचित भएका हुमगाइ नेकपा फुटपछि एकीकृत समाजवादी पार्टीमा लागेका थिए।
त्यसैगरी काभ्रेमा प्रतिनिधिसभा १ मा दुई जनाले मनोनयन फिर्ता गरिएको निर्वाचन कार्यालयले जनाएको छ। प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेका निमा बल तामाङ र प्रदेश सभा सदस्य ठूले तामाङले उम्मेदवारी फिर्ता गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बुधबार काभ्रेमा संघ र प्रदेशसभा निर्वाचनको लागि मनोनयन दिएका तीन जनाले मनोनयन फिर्ता गरिएको निर्वाचन कार्यालयले जनाएको छ।