एलन मस्कले गरे अत्तर लन्च, एक बोतलको मूल्य कति हो?

एलन मस्कले गरे अत्तर लन्च, एक बोतलको मूल्य कति हो?

वासिङटन डिसी : आफ्ना ट्विटका कारण बारम्बार चर्चामा रहने टेस्लाका मालिक एलन मस्क फेरि एकपटक चर्चामा आएका छन्। यसपटक उनी टेस्ला, स्पेस एक्स वा ट्विटरको कारण चर्चामा आएका होइनन्। 

एलन मस्क यसपटक आफ्नो परफ्युमका कारण चर्चामा छन् । उनी अब अत्तरको व्यवसायमा प्रवेश गरेका छन् र आफ्नो ट्विटर प्रोफाइलमा आफूलाई ‘परफ्युम सेल्सम्यान’ बनाएका छन् ।

इलोन मस्कले ‘बर्न लाइट’ नामक परफ्युम लन्च गरेका छन् र उनले आफ्नो ट्विटर अकाउन्टमार्फत यो जानकारी दिएका हुन् । उनले ट्वीट गर्दै भनेका छन्,'मेरो जस्तो नाम सुगन्धको व्यवसायमा प्रवेश गर्ने तय थियो। मैले योसँग यति लामो समयसम्म किन लडें?'

एलन मस्कले यो परफ्युम ओम्निजेन्डर हुने र पुरुष तथा महिला दुवैले प्रयोग गर्न सक्ने बताए ।

रोयटर्सका अनुसार ‘बर्न्ट हेयर’ अत्तरका १० हजार शीशी केही घण्टामै बिक्री भएको थियो, जसको मूल्य १० लाख डलर थियो।

यो अत्तरको एक बोतलको मूल्य १०० डलर (लगभग १३ हजार रुपैयाँ) पर्छ। यो २०२३ को पहिलो त्रैमासिकदेखि सर्वसाधारणले किन्न पाउने छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.