पालाचा बनाउन भ्याइनभ्याइ

पालाचा बनाउन भ्याइनभ्याइ

भक्तपुर : तिहारसँगै भक्तपुरका कुमालेहरूलाई तिहारमा प्रयोग हुने माटाको दियो पालाचा बनाउन भ्याइनभ्याइ छ। भक्तपुरका प्रजापति समुदाय (कुमाले)हरूलाई पालाचा (माटाको दियो) बनाउने चटारो छ। 

तिहारका लागि आवश्यक पालाचा बनाउन उनीहरूलाई एकछिन पनि फुर्सद छैन। तिहारमा तेल राखेर बत्ती बाल्ने पालाचा बनाउन उनीहरू परिवारसहित दिनरात खटिरहेका छन्। अन्य समयमा अरू काममा लागे पनि तिहार नजिकिएसँगै भने उनीहरू अरू काम छोडेर भए पनि यो काममा परिवारसहित जुट्छन्। 

अरू बेलामा माटाका भाँडा बनाउने काम नगरे पनि तिहारको आगमनसँगै पालाचा बनाउने उनीहरू सुनाउँछन्। तिहारमा पालाचाको विशेष माग हुने गर्छ। यहाँका कुमाले तिहार आउन थालेपछि भने अरू काम छाडेर यसैमा व्यस्त हुन थाल्छन्। 

तिहारको केही महिना अगाडिबाट पुरै परिवार यही काममा लाग्ने उनीहरू बताउँछन्। उनीहरू विभिन्न प्रकारका पालाचा बनाउँछन्। 

एकजनाले दिनमा दुई तीन सय पालाचा बनाउन सकिने व्यवसायीहरूको भनाइ छ। यसो हुँदा दुई तीन जनाको परिवारले एक दिनमा एक हजारभन्दा बढी पालाचा बनाउन भ्याउँछन्।

भक्तपुरका लक्ष्मीकेशरी प्रजापति अरूबेला नभए पनि तिहारको महिना दिनदेखि नै आफनो परिवार यसैमा अभ्यस्त रहेको सुनाउँछिन्। अरू काम छोडेर पनि तिहार आउन लाग्यो कि यो काममा खटिने उनले सुनाइन्। 

माटाका भाँडा यहाँका प्रजापति समुदायका व्यक्तिले बनाउँछन्। प्रजापति समयुदायले मात्रै गर्ने यो पेसा व्यवसाय समयसँगै अरू जातका मानिसले पनि गर्न थालेका छन्। 

तर पनि यो पेसा व्यवसाय गर्नेहरू अझ पनि भक्तपुर नगरका प्रजापति समुदाय बढी छन्। यही कारण भक्तपुरको अर्को परिचय माटाको भाँडा बनाउने जिल्लाका रूपमा पनि परिचित छ।

माटाका भाँडा बनाउने माइला प्रजापति अहिले पनि भक्तपुरका व्यवसायी कडा मेहनतका साथ यो काममा संलग्न रहेको सुनाउँछन्। विशेष गरेर भक्तपुरका पोटरी स्क्वायर, सूर्यमढीका प्रजापति समुदाय यो काममा सलग्न रहेको उनले बताए। 

भक्तपुरका विभिन्न स्थानहरूमा माटाका भाँडा बनाउने जताततै भेटिन्छन्। तीमध्ये भक्तपुर नगरको पोटरी स्क्वायर माटाका भाँडाकुँडा बनाउने पेसा व्यवसायकै कारण संसारमै प्रख्यात छ। 

भक्तपुर नगर प्रवेश गर्ने धेरै पर्यटक पोटरी स्क्वायरमा पुगेर माटाका भाँडाकुँडा बनाएको हेर्न पुग्छन। पोटरी स्क्वायरबाहेक भक्तपुर सूर्यमढीमा पनि धेरै प्रजापति समुदाय छन् जो माटाका भाँडाकुँडा बनाउँछन्। 

भूकम्पका कारण पछिल्लो समय लिवालीलगायतका खुला ठाउँमा माटोको भाँडा बनाउनेहरू बढी भेटिन्छन्। साथै मध्यपुर थिमि नगरपालिकाका चपाचो, दिगु, कुमाननी, नासननी, तुलननी, पाचोलगायतका ठाउँमा पनि माटाका भाँडा बनाउने भेटिन्छन्।  

तिहारको आगमनसँगै पालाचा खरिद गर्नका लागि काठमाडौंका विभिन्न स्थानमा खुद्रा तथा थोक क्रेता घरघरमै आउँछन्। काठमाडौंबाहेक पोखरा, दोलखालगायतका स्थानबाट पनि पालाचा खरिद गर्न पेसा व्यवसायीको घरघरमै धाउने गरेका छन्। 

उनीहरूका अनुसार कसैले काँचो त कसैले पाकेको पालाचा खोज्छन्। पाकेको पालाचा प्रतिगोटा एक रुपैयाँ र काँचो प्रायः दुई वटाको एक रुपैयाँमा बिक्री हुने उनीहरूको भनाइ छ। 

राष्ट्रिय प्रजापति समाजको अनुमानका विभिन्न कारणले यहाँका प्रजापति समुदायमा एक चौथाइ परिवार मात्रै यस पेसामा छन्। तर तिहारमा भने झण्डै आधाआधी प्रजापति परिवारले माटाका भाँडा बनाउने गर्छन्। साथै दसैंका लागि आवश्यक विभिन्न भाँडा बनाउन उनीहरू यो पेसा व्यवसायमा फर्कछन्। 

समाजका अध्यक्ष कृष्ण प्रजापति प्लाष्टिकका भाँडा आउँदा पेसालाई निरन्तरता दिन समस्या भएको बताउँछन्।

समाजको तथ्यांक अनुसार माटाका भाँडाकुँडा बनाउने प्रजापति समुदाय काठमाडौं उपत्यका बाहिर पनि छन्। तर पनि भक्तपुरका प्रजापति समुदाय यो पेसा व्यवसायमा बढी छन्। भक्तपुरमा मात्रै एक हजारभन्दा बढी प्रजापति परिवार रहेको अनुमान छ। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.