मिथिलामा अवैध उत्खनन गर्ने गाडी मेयरले समाते, उपमेयरले छाडे

मिथिलामा अवैध उत्खनन गर्ने गाडी मेयरले समाते, उपमेयरले छाडे

जनकपुरधाम : पर्यावरण अभियानी दिलिप महतोले गिट्टी, बालुवा उत्खननको विरोध ज्यान गुमाएको क्षेत्रमा पुनः जनप्रतिनिधिकै संलग्नतामा अवैध उत्खनन् भएको पाइएको छ। 

धनुषाको मिथिला नगरपालिकाको क्षेत्रमा पर्ने खोलामा अवैध उत्खनन् गर्दै गर्दा पक्राउ परेको जेसिबी र ट्रयाक्टर सहितका ढुवानी सामग्रीलाई बिना कारवाही छाडेको पाइएको हो।

मिथिला नगरपालिकाको औरही खोलामा अवैध रूपमा ग्राभेल, बालुवा तथा ढुंग्गा उत्खन्न गरी विक्रि वितरण गर्दै आएको सूचनाका आधारमा नगरपालिकाका मेयर महेन्द्र महतोको नेतृत्वमा असोज १२ गते पक्राउ गरेको गाडीहरू उपमेयरले सुनिता सिंह बुढाथोकीले बिना कारवाही छाडेकी छन्। 

पक्राउ परेको ना १ क ४४४७ नम्बरको जेसीवी १ थान, प्रदेश नं.२-०३-००१ क १९७६ नम्बरको टिपर १ थान, तथा प्र.०३-००१त ७३२३ र प्र.०३-००१ त ७३२४ नम्बरको ट्रयाक्टर दुई थान नियन्त्रणमा लिइएकोमा जरिवाना तथा कारवाही बिनै छाडिएको पाइएको छ।

अनुगमनका क्रममा टोलीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केवरमा जिम्मा लगाएकोमा उपमेयरले नै पत्र काटेर बिना कारवाही छाड्न निर्देशन दिएपछि उत्खननमा जनप्रतिनिधिकै संलग्नता भएको स्थानीय मनोज महतोले आरोप लगाए। 

मेयर महतोको नेतृत्वको अनुगमन टोलीमा उपमेयर उपमेयर सुनिता सिंह बुढाथोकी, कार्यकारी अधिकृत रचिन्द्र डंगोल, वडा नं. ५ का अध्यक्ष रामचन्द्र महतो र वडा नं.२ का अध्यक्ष विहारी महतो सहित इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी टोलीले उक्त सबारीसाधन नियन्त्रणमा लिएको थियो।

मेयर महतो स्वास्थ्य परीक्षणका लागि भारतको दिल्ली पुगेपछि उपमेयर बुढाथोकीले इलाका प्रहरी कार्यालय ढल्केवरलाई कार्यालयको पत्र काट्दै सवारी साधन छोड्न निर्देशन दिएको तथ्य बाहिर आएको छ। कारवाहीको लागि नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक जरिवाना समेत नलिई छाडिएको कार्यालयले जनाएको छ।

मेयर नगरपालिका बाहिर भएको मौका छोप्दै क्रसर माफियासंगको मिलोमतोमा उपमेयर बुढाथोकीले अवैध उत्खन्नलाई संरक्षण दिँदै आएको खुलेको हो। 

स्थानीयका अनुसार उपमेयर सहित केही प्रतिनिधिहरूकै संरक्षणमा मिथिला नगरपालिकाको औरही खोलासहित चुरे क्षेत्रमा अवैध रूपमा उत्खन्न हुँदै आएको छ। खोला तथा चुरे क्षेत्रमा डोजर लगाउँदा ठाउँ ठाउँमा गहिरो भंगालो बनाएको छ। 

नदीजन्य ठाउँ र वरपरबाट बालुवा, ग्राभेल उत्खन्न, प्रशोधन गर्न नपाइने कानुनी व्यवस्था छ। खोलाको प्राकृतिक बहावको दायाँबायाँ तीन सय मिटर उत्खनन गर्न नपाइने व्यवस्था छ। 

अवैध उत्खन्न सम्बन्धमा उपमेयर बुढाथोकीको कार्यालय प्रायोजनार्थ नम्बरमा पटक-पटक फोन गर्दा समेत उठाएनन्। केही वर्ष पहिला अवैध उत्खनन रोकाउन पुगेका दिलिप महतोको हत्या नै गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.