भक्तपुरमा तिहार लक्षित बजार अनुगमन

भक्तपुरमा तिहार लक्षित बजार अनुगमन

भक्तपुर : तिहार नजिकिएसँगै भक्तपुरमा बजार अनुगमन सुरु भएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बिहीबार सल्लाघारीमा खाद्य पसल अनुगमन गरिएको छ। अनुगमनमा म्याद नाघेका २८ हजार रुपैयाँ बराबरको सामान नष्ट गरिएको संयोजक गोराले बताए।

नुगमनमा २०६६ सालदेखि भक्तपुर नगरपालिकामा फेमिली मिनि स्टोर बिना दर्ता संञ्लन गरेकाले पसल दर्ता गर्न निर्देशन दिई प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र बिक्रीवितरण गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिएको छ।

एक हप्ताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए। त्यस्तै लामा खाद्य स्टोर नवीकरण गर्न, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र बिक्री वितरण गर्न निर्देशन दिएको उनले बताए। 

त्यस्तै दयाराम प्रजापतिको किराना पसलको पनि अनुगमन गरिएको छ।

अनुगमन समितिका सदस्यहरू वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा श्यानिटेशका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी भैरब रावट, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना सहभागी थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.