माटोका दियो बनाउन भ्याइनभ्याइ

माटोका दियो बनाउन भ्याइनभ्याइ

भक्तपुर : महान् चाड तिहार आउँदैछ । भक्तपुरका कुमालेलाई माटोको दियो (पालाचा) बनाउन भ्याइँनभ्याइँ छ । भक्तपुरका प्रजापति समुदाय (कुमाले) हरूले परम्परादेखि पालाचा (माटोको दियो) बनाउने गरेका छन । तिहारका लागि आवश्यक पालाचा बनाउन उनीहरूलाई पनि फुर्सद छैन, यतिखेर । तिहारमा तेल राखेर बत्ती बाल्ने पालाचा बनाउन उनीहरू परिवारसहित दिनरात खटिरहेका छन् । अरू काम छाडेर भए पनि यो काममा परिवारसहित जुट्ने गर्छन् । 

अरूबेला माटाका भाँडा बनाउने काम नगरे पनि तिहारअघि भने पालाचा बनाउने लक्ष्मीकेशरी प्रजापतिले सुनाइन् । तिहारमा पालाचाको विशेष माग हुने गर्छ । त्यसैले अरूबेला अरू काममा व्यस्त भए पनि यहाँंका कुमाले तिहार आउन थालेपछि भने अरू काम छाडेर यसैमा व्यस्त हुन थाल्छन् । 

विभिन्न प्रकारका पालाचा बनाउने उनले सुनाइन् । विभिन्न आकारप्रकार, एउटा–एउटा छुट्टाछुट्टै अनि एउटैमा धेरै वटा गासिएको पालाचा उनीहरू बनाउँंछन् । एक जनाले दिनमा तीन सयसम्म पालाचा बनाउन सकिने व्यवसायीको भनाइ छ । यसो हुँदा २–३ जनाको परिवारले दिनमा हजारभन्दा बढी पालाचा बनाउन भ्याउँछन् ।

माटाका भाँडा यहाँका प्रजापति समुदायका व्यक्तिले बनाउँछन् । प्रजापति समुदायले मात्रै गर्ने यो पेसा व्यवसाय समयसँगै अरू जातका मानिसले पनि गर्न थालेका छन् । तर पनि यो पेसा व्यवसाय गर्नेहरू अझ पनि भक्तपुर नगरका प्रजापति समुदाय बढी छन् । यही कारण भक्तपुरको अर्काे परिचय माटोको भाडा बनाउने जिल्लाका रूपमा पनि छ ।

माटाका भाडा बनाउने माइला प्रजापति भक्तपुरका व्यवसायी कडा महेनताका साथ यो काममा संलग्न रहेको सुनाउँंछन् । विशेष गरेर भक्तपुरका पोटरी स्क्वायर, सूर्यमढीका प्रजापति समुदाय यो काममा संलग्न रहेको छन् । भक्तपुरका विभिन्न स्थानमा माटाका भाडा बनाउने जताततै भेटिन्छन् । 

तीमध्ये भक्तपुर नगरको पोटरी स्क्वायर माटाका भाँडाकुँडा बनाउने पेसा व्यवसायकै कारण संसारमै प्रख्यात छ । भक्तपुर नगर प्रवेश गर्ने धेरै पर्यटक पोटरी स्क्वायरमा पुगेर माटाका भाँडाकुँडा बनाएको हेर्न पुग्छन् । पोटरी स्क्वायरबाहेक भक्तपुर सूर्यमढीमा पनि धेरै प्रजापति समुदाय छन् । जो माटाका भाँडाकुँडा बनाउँछन् । भूकम्पका कारण पछिल्लो समय लिवालीलगायतका खुला ठाउँंमा माटोको भाडा बनाउनेहरू बढी भेटिन्छन् । साथै मध्यपुर थिमी नगरपालिकाका चपाचो, दिगु, कुमाननी, नासननी, तुलननी, पाचोलगायतका ठाउँमा पनि माटाका भाडा बनाउने भेटिन्छन् । 

तिहारको आगमनसँगै पालाचा खरिद गर्नका लागि काठमाडौंका विभिन्न स्थानमा खुद्रा तथा थोक क्रेता घरघरमै आउँछन् । पोखरा, दोलखालगायतका स्थानबाट पनि पालाचा खरिद गर्न पेसा व्यवसायीको घरघरमै धाउँछन् । उनीहरूका अनुसार कसैले काँचो त कसैले पाकेको पालाखा खोज्छन् । पाकेको पालाचा प्रतिगोटा १ रुपैयाँ र काँचो प्राय २ वटाको १ रुपैयामा बिक्री हुने उनीहरूको भनाइ छ । 

राष्टिय प्रजापति समाजका अनुसार यहाँका प्रजापति समुदायमा एक चौथाइ मात्रै परिवार वर्षैभरि माटाका भाँडाकुँडा बनाउने पेसामा छन् । तर तिहारमा भने झन्डै आधाआधी प्रजापति परिवार माटाका भाडा बनाउने बताइएको छ । राष्ट्रिय प्रजापति समाज भक्तपुरका अध्यक्ष कृष्ण प्रजापति प्लास्टिकका भाँडाकुँंडा आएर कडा प्रतिस्पर्धा गर्न यहाँंका माटाका भाँडाकुँंडा बनाउने प्रजापतिहरू बाध्य भएको बताउँंछन् । त्यसकारण जेनतेन यो पेसा व्यवसाय चलिरहेको उनी सुनाउँंछन् । 

राष्ट्रिय प्रजापति समाजको तथ्यांकअनुसार माटाका भाँडाकुँडा बनाउने प्रजापति समुदाय काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानमा पनि छन् । तर पनि विशेष गरी भक्तपुरका प्रजापति समुदाय यो पेसा व्यवसायमा बढी छन् । भक्तपुरमा मात्रै हजारभन्दा बढी परिवार प्रजापति समुदायका रहेको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.