विविध भाषा साहित्य सम्मेलन भक्तपुरको ताहाननीमा
![विविध भाषा साहित्य सम्मेलन भक्तपुरको ताहाननीमा](https://annapurnapost.prixacdn.net/media/albums/11752432_1488380528133115_1855740871080116943_n_20221014133922_F3WwBVYRNY.jpg)
भक्तपुर : २४औं विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम मध्यपुर थिमि नगरपालिका-५, ताहाननीमा हुने भएको छ।
हरेक वर्ष तिहारमा मध्यपुर थिमि नगरको विभिन्न ठाउँहरूमा हुँदै आएको सम्मेलन यो वर्ष कार्तिक ९ गते ताहाननीमा हुन लागेको हो।
दिनभर हुने सम्मेलनमा विभिन्न साहित्यकारहरूले आ-आफनो साहित्य वाचन गर्ने कार्यक्रम हुन्छ। साथै सांस्कृतिक कार्यक्रम पनि हुने गर्दछ।
आयोजक समितिका अध्यक्ष कर्णबहादुर प्रजापतिका अनुसार ९ गते बिहान भिन्तुना र्याली (शुभकामना र्याली) हुने छ।
र्यालीले मध्यपुर थिमि नगर परिक्रमा गर्ने जनाइएको छ। र्यालीले मध्यपुर थिमिको बोडे, नगदेश, थिमि परिक्रमा गर्ने जनाइएको छ।
कार्यक्रम बिहान ११ बजेतिरबाट सुरु हुने जनाइएको छ। कार्यक्रममा विभिन्न प्रतियोगितात्मक रचना वाचन गरिने छ। साथै बीच बीचमा साहित्य तथा अन्य समसामयिक विषयहरूका विज्ञहरूबाट मन्तव्यको पनि कार्यक्रम रहने छ।
कार्यक्रमको उद्घाटन स्थानीय जेष्ठ नागरिक हिराकाजी प्रजापतिबाट हुने जनाइएको छ।
सांस्कृतिक कार्यक्रम भने साँझबाट सुरु हुने छ। यो पनि प्रतियोगितात्मक नै हुने छ। प्रत्येक वर्षजस्तै कार्यक्रम दिनभर खुल्ला ठाउँमा प्रतियोगितात्मक र अप्रतियोगितात्मक साहित्यिक कार्यक्रम गरी सम्पन्न हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)