नवौं राष्ट्रिय खेलकुद : एउटै गाउँबाट १५ खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद : एउटै गाउँबाट १५ खेलाडी छनोट

धनुसा : धनुषाको एक गाँउबाट १५ जना राष्ट्रिय हक्की खेलाडीका रूपमा छनोट भएका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएको १५ जना खेलाडी एकै गाउँ छनोट भएका हुन्।

मधेश प्रदेशको राजधानी धनुषाको मिथिला नगरपालिका १ र २ नक्टाझिजका-लक्ष्मिनिवासका गरी १५ जना खेलाडी राष्ट्रिय हक्की खेलका लागि छनोट भएका हुन्। 

मिथिला नगरपालिका नक्टाझिजस्थित हिमालय युवा क्लबको बन्द प्रशिक्षणबाट १५ जना एकै गाउँका खेलाडीहरू चुनिएका क्लबका पूर्व अध्यक्ष अरुण कुमार महतो बताए। 

'अथक प्रयास मेहनत र परिश्रमको फल स्वरूप खेलाडीहरूको सपना साकार हुन लाग्दा खेलाडीहरू मात्र नभई गाउँ नै खुशी छ,' समाजसेवी तथा हिमालय युवा क्लबका पूर्वअध्यक्ष अरुण कुमार महतोले भने, 'सीमित श्रोत र साधनका बाबजूद मिथिला नगरपालिकामा धेरै खेलहरूमा खेलाडीहरू आबद्ध भएपनि खेलअनुसारको खेलाडीको सम्मान हुन सकेको छैन।' 

उनले क्रिकेट, फुटबल, भलिबल, कराँते, ब्याडमिन्टन, कब्बडी लगायतका धेरै खेलहरूमा खेलाडीहरू आबद्ध भएपनि मुख्य व्यवस्थापक र प्रशिक्षकको कमीले खेलाडीहरू उचित स्थानमा पुग्नबाट अझै असफल भएको बताए। 

'खेलाडीहरूमा दिनप्रतिदिन मनोबल कम हुँदै गएको छ। खेलाडीलाई अगाडि बढाउनमा प्रशिक्षकको मुख्य भूमिका हुन्छ तर खेल अनुसारको ठाउँ र प्रशिक्षकबिना खेल मुस्किल हुन्छ,' महतोले भने। 

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशको पुरुष र महिला हक्की टिममा पर्सा वीरगंज, जनकपुर, नक्टाझिज, बर्दिवास लगायतका स्थानबाट मात्र खेलाडीहरू छनौट भएका छन्। 

आठ जिल्लामध्ये धनुषाको नक्टाझिजबाट आठजना महिला र सात पुरुष गरी १५ जना राष्ट्रिय खेलाडीका रूपमा प्रतियोगितामा सहभागि भएका छन्। 

नक्टाझिजबाट हक्की खेलमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीन कुमार महतो, रूपेश राई, अजय कुमार साह, पुरुषोत्तम महतो, अजय कुमार महतो, अमित राय रहेका छन्। 

महिलातर्फ अन्जली कुमारी महतो, भुमिका कुमारी महतो, निरा कुमारी महतो, श्रुती राय, आरती कुमारी महतो, मधु कुमारी साह, प्रिति कुमारी महरा र अन्जली कुमारी साह रहेकी छिन् भने खो-खो तर्फ महिलामा रूपा राई छनौट भएकी छिन्।

नक्टाझिज हक्की टीमको नेतृत्व गरेको मिथिला नगरबाल सञ्जाल ढल्केबर अध्यक्ष दिवेश कुमार महतोले खेलबाट छनोट भएर राष्ट्रिय खेलमा सहभागी हुनु गौरवको विषय भएको बताए। 

उनले भने, 'मैले कल्पना पनि गरेको थिइनँ, एकैचोटी १५ जना राष्ट्रिय खेलाडी एउटै गाउँबाट हुन्छ तर हाम्रो मेहनत र परिश्रमले हामी आफैंमा परिवर्तनको अभ्यासबाट सफल भयौं।' 

यस्तै खो-खो खेलबाट मिथिला नगरपालिका-२ बाट एक जना महिला खेलाडी मधेश प्रदेशका लागि छनौट भएको क्लबका उपाध्यक्ष विनोद महतोले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.