खाद्य पसल र मिनिमार्टको अनुगमन

खाद्य पसल र मिनिमार्टको अनुगमन

भक्तपुर : भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा खाद्य पसल र मिनिमार्ट अनुगमन गरिएको छ। 

अनुगमनमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर नवीकरण नगरी सञ्चालन भइरहेको संयोजक गोराले बताए। 

अनुगमनमा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर नवीकरण नभएकोबारे बुझ्दा शिवशिखर बहुउद्देश्यीय सहकारीले मुद्दा गरेकै कारणले वडा कार्यालयले नवीकरण नगरिदिएको साथै बहाल कर समेत नलिएको त्यहाँका कर्मचारीहरूले जानकारी दिए।

त्यस्तै मेगा मार्ट (विग मार्ट) पसल नवीकरण नभएकोले नवीकरण गर्न निर्देशन दिइएको छ। त्यस्तै विनायक किराना कन्र्सन 'ख' श्रेणीमा दर्ता भएकाले 'क' श्रेणीमा अपग्रेड गरी र थोक बिक्रीमा दर्ता गर्न निर्देशन दिइएको छ। 

त्यस्तै नवदुर्गा मल्टिस्टोर(साथी मार्ट) प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र बिक्रीवितरण गर्न र ढक तराजु नवीकरण गर्न निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.