मन्त्री हटाउने होडबाजीले चुनावमा कस्तो असर गर्छ?

मन्त्री हटाउने होडबाजीले चुनावमा कस्तो असर गर्छ?

वीरगन्ज : प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बेलुकी गठबन्धन तोडेर एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गरेको प्रतिशोधमा शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि प्रदेश सरकारबाट कांग्रेसका तीन मन्त्रीलाई पदबाट बर्खास्त गरे।

यसले निर्वाचनका बेला राजनीतिक अस्थिरता निम्तने सक्ने राजनीतिक विश्लेषकहरुले बताउँछन्। सत्ता गठबन्धन छाडेर जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले बिहीबार बेलुकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका थिए।

त्यसैको प्रतिशोधमा शुक्रबार मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीहरु भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरे। 

कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरे पनि मुख्यमन्त्री राउतले मधेस सरकारमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका मन्त्रीहरुलाई भने यथावत नै राखेका छन्। जबकि ती दुवै दल कांग्रेस नेतृत्वकै सत्ता गठबन्धनमा छन्। 

प्रदेश सरकारमा एकीकृत समाजवादीबाट शत्रुधन महतो, वन तथा पर्यटन मन्त्री प्रमोद यादव, कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री र नागेन्द्र राय यादव राज्य मन्त्री छन्। त्यसैगरी माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन्।

कांग्रेस र जसपाबीच चलेको राजनीतिक प्रतिशोधले निर्वाचनका बेला अस्थिरता निम्त्याउनसक्ने जोखिम देखिएको मधेसका राजनीतिक विश्लेषकहरुको बझाइ छ। 
 
राजनीतिक विश्लेषक चन्द्रकिशोर कांग्रेस र जसपाले राजनीतिक प्रतिशोधमा एक अर्काका मन्त्रीलाई बर्खास्त गरेको बताउँछन्। 'सत्ता गठबन्धनबाट जसपा बाहिरएपछि संघीय सरकारमा रहेका उसका मन्त्रीहरुले नैतिकरुपमा राजीनामा दिएर सरकारबाट पनि बाहिरिनुपर्थ्यो। तर उनीहरुले राजीनामा दिएनन्। त्यसपछि प्रधानमन्त्रीले बर्खास्त गरिदिए। त्यसैको प्रतिशोधमा मधेस सरकारबाट जसपाका मुख्यमन्त्रीले कांग्रेसका मन्त्रीहरुलाई हटाइदिए,' उनी भन्छन्।

यसरी राजनीतिक प्रतिशोधमा मन्त्रीहरु हटाउँदै जाने हो भने अन्य प्रदेशमा पनि यसको असर पुग्ने उनको भना छ। 'जसपाका मन्त्रीहरु अन्य प्रदेशमा पनि छन्। उनीहरुलाई पनि हटाउने प्रवृति सुरु हुन सक्छ। हुन त अहिले चुनावका बेला भएकाले खासै ठूलो राजनीतिक अस्थिरता हुँदैन होला। तर चुनावी सरकारमा कसरी बस्ने? को बस्ने? कसरी चुनावी सरकारप्रति सबैको विश्वास हुने? यो महत्वपूर्ण पक्ष हो। मलाइ लाग्छ राजनीतिक दलहरु यसमा चुके, यो राम्रो पक्कै होइन,' उनी थप्छन्।

अर्का राजनीतिक विश्लेषक वीरेन्द्र यादव प्रतिशोधमा मन्त्रीहरु हटाउनु दुर्भाग्यपूर्ण अवस्था भएको भन्दै यसले राष्ट्रिय राजनीतिमा नकारात्मक असर पार्नसक्ने बताउँछन्। अहिलेको राजनीतिक गतिविधिका कारण भविष्यमा पनि असर देखिनसक्ने उनको आँकलन छ। 'राष्ट्रिय राजनीतिमा अहिले जुन एकताको खाँचो छ। त्यसमा अवरोध सिर्जना हुनसक्छ। यसको असर चुनावपछि पनि सरकार गठन र निरन्तरतामा पर्नसक्छ,' उनी भन्छन्। निर्वाचनपछि बन्ने सरकार, राजनीतिक पद बाँडफाँड र विकासमा पनि चुनौती सिर्जना हुनसक्ने उनको तर्क छ।

प्रधानमन्त्री देउवाले ठूलो गल्ती गरे : प्रदीप यादव
वनमन्त्री एवं जसपा नेता प्रदीप यादवले निर्वाचन आचारसंहिता लागू गरिएका बेला प्रधानमन्त्री देउवाले ठूलो गल्ती गरेको बताए। उनले भने, 'प्रधानमन्त्रीले सोच्नुपर्ने कुरा के थियो भने निर्वाचन आचारसंहता लागेका बेला, कुनै पनि ठूलो निर्णय गर्नु हुँदैन। किनकि यसअघि केपी ओलीको सरकारका पालामा पनि ओलीले संसद विघटन गरेर चुनाव घोषणा गरेर मन्त्रिमण्डल गठन गरेका थिए। तर सर्वोच्च अदालतले त्यसलाई खारेज गरिदिएको थियो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.