रहस्यमय गाथा
गोकर्ण मल्लको पहिलो पुस्तक शुभारम्भका पाइलाहरू एउटा सामाजिक उपन्यास हो। ४८८ पेजको यो किताबमा ८० वटा उपकथाहरू रहेका छन्। २२ महिना लगाएर लेखिएको बताउने लेखकले यो ग्रन्थभित्र एउटा सिंगो कालखण्ड उतारेका छन्। ती प्रायः कथाहरूले ग्रामीण भेगको दुःखकष्टलाई उजागर गरेको छ। समस्यै समस्याको पहाडलाई खन्दै, सम्याउँदै, मिलाउँदै अघि बढेर एउटा निश्चित गन्तव्यमा पुगेपछि यो उपन्यास
शुभारम्भको पाइलाहरू उपन्यासको मुख्य नायक आरम्भ सम्भ्रान्त परिवारमा हुर्किएको एक्लो छोरो हुन्छ। एसईईको रिजल्टमा जिल्ला टप गरेको केटो आफ्नै घर पायक पारेर कृषि क्याम्पसमा पढ्दै हुन्छ। कलेजको बर्खे बिदामा छुट्टीको सदुपयोग गर्दै आफू एक्लै घुम्न जाने सोच बनाउँछ र गाडी चढेर नदेखेको गाउँतिर यात्रा अघि बढाउँछ। प्यारा भन्ज्याङ गाउँमा गएर अध्ययन रिपोर्ट तयार पार्ने सोच हुन्छ उसको। सहर बजारमा जन्मे हुर्केको आरम्भले सौराहा चोकबाट आफ्नो यात्रा अगाडि बढाउँछ। मितिनी आमाले भन्नुभएको गाउँमा गएर उहाँले अह्राउनु भएको काम गरेर फर्कन्छु भन्दै घरबाट बिदा मागेर ऊ निक्लन्छ। तर, उसले गाउँ जाने बाटो पत्ता लगाउन सक्दैन। जाँदाजाँदै उसले बाटोमा बटुवाहरूसँग सोध्दै आफन्तको घरसम्म पुग्छ। आफ्ना बाउ बाजेको पैत्रिक थलो प्यारा भन्ज्याङको कुरा एकजना बूढीआमैले भनेको सुनेर उसलाई त्यो गाउँ जाने इच्छा जागृत भएको हुन्छ। घरभन्दा अलि पर पुगेर नौलो देशदुनियाँ हेर्ने रहरले ऊ नयाँनयाँ आकृति, प्रकृति र प्रवृत्तिहरूलाई नजिकैबाट अवलोकन गर्दै कथाभित्र डुब्छ तर उसलाई कथाका पात्रहरूले
पूर्वराज्यमन्त्री प्यारा बाबुको छोरो आरम्भ प्यारा भन्ज्याङ गाउँको अध्ययन रिपोर्ट तयार पार्न हिँडेको हुन्छ। डरलाग्दो जंगलको बाटोमा साथी बनेर आइपुग्छन् दुई दिदीबहिनी। आरम्भकी बालसखी शुभा भने उच्च अध्ययनको सिलसिलामा काठमाडौं गएकी हुन्छे तर उनीहरूको भेटघाट कुराकानी भइरहेको हुन्छ। उसले म केही दिन घुम्न गाउँतिर जान्छु भनेर सबैसँग बिदा मागेर नै हिँडेको हुन्छ। यहाँबाट नै कथाले जरा हाल्दै जान्छ। पढाइको क्रममा गाउँको अध्ययन रिपोर्ट तयार पार्न आफ्नै गाउँ जाने उसको इच्छालाई मंगलिकाले गाइड बनेर साथ दिन्छे। बाटोमा भेटिएका आइतिकाका आमाछोरी र मंगलिका समेत तीनजनालाई उसले बाटोमै भेटेर साथी बनाइसकेको हुन्छ। उनीहरू काम गर्ने खेताला खोज्दै हिँडेका हुन्छन्। बाटोमा भेटिएको आरम्भलाई खेताला बनाएर घरसम्म लान्छन् र यसरी दुःखको महासागरभित्र पस्छ नायक आरम्भ।
पहाडलाई खन्दै, सम्याउँदै, मिलाउँदै अघि बढेर एउटा निश्चित गन्तव्यमा पुगेपछि यो उपन्यास संयोगान्त बनेर टुंगिन्छ।
दसवर्षे गृहयुद्धको आतंकले बन्जर बनेको ग्रामीण परिवेश, अभावले थिलथिलिएकाले युवा वर्गलाई आफ्ना गाउँठाउँमा बस्ने वातावरण सिर्जना गर्न नसकेकै कारण धेरै युवा पुस्ता देश छोडेर अन्यत्र पलायन भए। त्यै युद्धको चपेटामा परेको आइतिकाको लोग्ने अपांग हुन्छ र हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेको हुन्छ। खनजोत गर्दा खान पुग्ने माटो त छ तर काम गर्ने परि श्रमी लाठेको अभावले खेत बाँझो भएको हुन्छ। आँसुका धारा बगाउँदै बाँकी कष्टकर जीवन बिताउन विवश भएको हुन्छ आइतिकाको लोग्ने। के गरोस् बिचरा, ऊ हिँडडुल गर्न सक्दैन। सानी छोरीलाई टुलुटुलु हेर्दै दुःख र पीडाका आँसुलाई घुटुक्क निल्दै एकै ठाउँमा चुपचाप बसिरहन्छ।
बहिनी मंगलिकाको कथा भिन्नै छ। १५ वर्षको उमेरमा नक्कले नाम गरेको पुरुषसँग बिहे गरेर भित्रिएकी ऊ १६ वर्षमा एक छोराकी आमा बनेकी हुन्छे। परिपक्व नहुँदै आमा बनेपछि मंगलिकाको बच्चालाई खुवाउन दूध आउँदैन। आफ्नी भाउजूको दूध खुवाएर छोरो जसरी पनि बचाउन चाहन्छे ऊ। अन्ततः आफ्नो छोरो भाउजूलाई सुम्पन ऊ बाध्य हुन्छे। यता साथीको लहैलहैमा लागेर आफ्नी तरुनी स्वास्नीको बेवास्ता गर्दै हिँडेको नक्कले स्वास्नी सम्झेर सात वर्ष बितिसक्दा पनि फर्केर आएको हुँदैन। मंगलिकाकोे जीवनमा बितेका प्रत्येक पलहरूले अनेकौं प्रश्नहरू जन्माउँछन्। उसलाई आफ्नो जीवन निरर्थक लाग्छ। ऊ आफैंसँग प्रश्न गर्छे : ‘कहाँनिर, कतिखेर, केमा स्वतन्त्रता छ त ? विचार, जात, धर्म, नीति, लगाइखुवाइ, अधिकार, अवसर, उपभोग, हिँडडुल आदि कुनै कुरामा स्वतन्त्रता रहेनछ। म चाहिँ यहाँ रित्तो चौतारो झैं ठिंग उभिएर उसैको बाटो हेरेर बस्नुपर्ने ? मभित्रको चाहनाले ठुङ्गिरहँदा सहेर बस्नुपर्ने ? अझै कति ओइलाउने ? कति मन मार्ने ? उता नक्कले भने यसरी नै मन मारेर बसेको होला त ? उसको शरीरमा तृष्णा पलाउँछ कि पलाउँदैन होला ? ”
एकदिन जाँडले नशामा डुबेको खेताले पाहुना आरम्भसँग मंगलिकाले वर्षौँदेखि गुम्सिएर बसेको यौनको भोक तृप्त गर्छे। गाउँमा खेत रोप्ने चटारो थियो तर यी दिदीबहिनीको खेत भने बाँझो थियो। खेतालाहरू नभेटिने हुनाले उनीहरूले आरम्भसँग सहयोगको वाचा गराएर नै घरमा ल्याएर राखेका थिए। व्यवहार नगरेको केटोले खेतीपातीको काममा सघाउने वाचा गर्छ र मंगलिकाकै घरमा काम सघाउँदै मंगलिकाकी सासूसँग दुःखसुखका गफ गर्दै धेरै दिन त्यही घरमा बिताउँछ। आरम्भलाई प्रत्येक रात मंगलिकाकी सासूले जाँड खान सिकाउँथिन्। ऊ पनि रमाएर पिउँथ्यो र निदाउँथ्यो। आफ्नो काम बिर्सिएर मस्तमौला बनेको आरम्भले दुवै दिदीबहिनीको रोपाइँ गर्न सघाउँथ्यो।
मुलुकको व्यवस्था बदल्ने द्वन्द्वकालीन कथाले जन्माएका आइतिका जस्ता धेरै नारीहरू हाम्रो समाजमा अझै भेटिन्छन्। सशस्त्र द्वन्दमा राज्य र विद्रोही पक्षबाट भएको अत्याचार सुनिनसक्नु छ। सानैमा आमा मरेकी, सौतेनी आमाबाट लखेटिएकी टुल्कीको कथा उस्तै दर्दनाक छ। आफ्नै आमा झुन्डिएको देख्ने प्रमेशको कथाले मन यसै हुँडलिन्छ।
साक्षात् देवता जस्ता ठूलो बुवाको उदार चित्तले गर्दा आफ्नो बुवाको उपचार सम्भव भएकोले नै ठूलोबुवालाई आरम्भले उच्च आदर र सम्मान गर्छ। राजनीतिक तिकडम, जालझेल, टिकटको नाममा लुटतन्त्र मच्चाउने भ्रष्ट नेताको गुटले आरम्भका पितालाई टिकट दिने आश्वासन दिएर पनि लास्टमा टिकट दिँदैनन्। त्यसपछि उनका उद्योगधन्दा घाटामा जान थाले। यसरी दुःखका अक्करे भीरहरू एकपछि अर्को गर्दै लाइन लागेर उभिएपछि उनीहरूको सम्पूर्ण जायजेथा लिलाम हुन्छ र अचानक पाटीको बास हुने अवस्था सिर्जना हुन्छ। त्यो सम्पन्न परिवार दुई कोठाको सानो डेरामा सर्न पुग्छ। यिनै विभिन्न कारणले गर्दा आरम्भको बुवामा गहिरो चोट पर्न जान्छ। यो किताबमा यस्ता धेरै पात्र छन् जसले सुख के हो आजसम्म देख्न त टाढाको कुरा, सुनेका पनि हुँदैनन्। बेपत्ता भएको लोग्ने पर्खिएर जीवन बिताउने हजारौं नारीहरूको पीडा एक्ली मंगलिकाले बोलेकी छे। यौन मनोविज्ञानमा आधारित कथाले बेरिएका पात्र बेजोड लाग्छन्। धेरै ठाउँमा पाठकको मन बिथोलिन्छ। आफ्नै आँखाअगाडि मारिएका आफन्तको लासका लस्कर हेरेर बाँच्नु, एकै रातमा पहिरोमा परेर सबै आफ्नाहरू पुरिनु ... मेरा आँशस बगिरहे धेरै ठाउँमा, मैले रोक्न सकिन कसैगरी।
कलेजको बर्खे बिदामा छुट्टीको सदुपयोग गर्दै आफू एक्लै घुम्न जाने सोच बनाउँछ र गाडी चढेर नदेखेको गाउँतिर यात्रा अघि बढाउँछ। प्यारा भन्ज्याङ गाउँमा गएर अध्ययन रिपोर्ट तयार पार्ने सोच हुन्छ उसको।
सानो कुरामा रिसाएर विष सेवन गर्ने शुभाका आधुनिक आमाबाबुभन्दा बरु ती गाउँकै नारीहरू सहनशील बनेर उभिएको राम्रो लाग्यो। दुष्ट आमाकी छोरी शुभा र आरम्भको सानैदेखिको मित्रता अन्त्यसम्म रहेर जीवन साथीमा परिणत हुनु एउटा राम्रो पक्ष हो तर चाहिने भन्दा धेरै नै विदुषी बनेकी शुभा अलिक अशोभनीय लाग्छ कतिपय ठाउँमा।
बाटुलीको चमकधमकले सुन्तलीको मन लोभ्याउँछ। अन्ततः आफ्नो सोझो लोग्ने छोडेर ऊ पनि बाटुलीसँगै सुखभोग गर्न खाडी मुलुकको बाटो लागी। यसरी गाउँले जीवनभन्दा पर रहेको देखावटी संसारको मोहले तानेर बाटुली र सुन्तली जस्ता धेरै चेलीबेटीको घरबार उजाडिएको छ। यसको मुख्य कारण– बेरोजगारी हो। गरिबीको कारणले मान्छे जे गर्न पनि तयार हुन्छ भन्ने कुरा सुन्तलीको कथाले बोल्छ।
तिमी नभए पनि तिमी बसेको त्यो डाँडालाई पूजा गर्छु, तिम्रो प्यारा भन्ज्याङलाई उज्यालो पार्छु, तिमी सम्झेर देउरालीमा फूल चडाउँछु भनेर बिदा गर्ने महान् नारी मंगलिकाको जतिपटक प्रशंसा गरे पनि थाकिन्न। विशाल हृदय भएकी ती नारीलाई म जीवनभर बिर्सन सक्दिनँ। अन्त्यमा उसको नक्कलेलाई पनि बेपत्ता नागरिक छानबिन समितिले पत्ता लगाएर फिर्ता ल्याउँछ।
च्याउमानेबा, मितबा, क्याप्टेन बा, मितआमा, फुपूजस्ता पात्रहरूले हौसला र आँट भरिरहन्छन्। संवाद बिना मान्छे बाँच्न सक्दैन। सोझा गाउँलेको मन निश्चल छ, उनीहरू पहाडी झरना हेर्दै, पाखापखेरामा चहार्दै, फेदीको वनजंगल डुल्दै, नाच्दै, गाउँदै, प्रकृतिसँग मनको व्यथा साट्छन्।
सुनसान प्रायः मध्य पहाडी गाउँ प्यारा भन्ज्याङको पुनः गुल्जार हुँदासम्म भेटिएका, भोगिएका, सुनिएका र सुखदुःख र संघर्ष, प्रेम, ईष्र्या र घृणा, लोभ, दया, मायाजस्ता विभिन्न अन्तरकथाहरू उल्लेखित छन् जसले पाठकलाई किताबसँग सुमधुर सम्बन्ध बनाइराख्न सफल भएको छ।
अन्त्यमा, ठूलो बुवाको इच्छाअनुसार प्यारा भन्ज्याङ गाउँको विकासको लागि आरम्भले बनाएको प्रतिवेदनलाई स्थानीय निकायमा बुझाएर त्यसैअनुसारको कार्य सम्पादनले गाउँ गुल्जार भयो।
शुभारम्भका पाइलाहरूले बिदेसिएका युवाशक्तिलाई आफ्नै देशमा फर्काउने र आफ्नो गाउँठाउँलाई गुल्जार बनाउने उद्देश्य राखेको छ। कथाको मुख्य पात्रसहित सम्पूर्ण टिमको यो उत्साहजनक कार्यलाई सम्मान गर्नैपर्छ। सबैलाई शुभारम्भका पाइलाहरूले मातृभूमिको महत्त्व बुझाउँदै जीवन जिउन सिकाओस् भन्छन् प्यारा भन्ज्याङवासीहरू।
यसरी धेरै वर्षअघिदेखिको प्यारा गाउँको रहस्यमय कथालाई चखिलो पारामा प्रस्तुत गर्न सक्नु लेखकको खुबी हो। साहित्यिक संसारमा अगाडि बढेको पाइलाहरू नरोक्किओस्। हामी पाठकले यस्तै ज्ञानवद्र्धक खुराक अरू पनि पढ्न पाइरहुँ। हार्दिक धन्यवाद।