तिहार नजिकिंदै : ढकमक्क फुल्यो सयपत्री

तिहार नजिकिंदै : ढकमक्क फुल्यो सयपत्री

स्याङ्जा : तिहार नजिकिंदै गर्दा कालीगण्डकी गाउँपालिका भने सयपत्रीमय बनेको छ। गत वर्षदेखि सयपत्री फूल रोप्दै आएको पालिकाले यस वर्ष पनि ५० रोपनी जग्गामा कर्मा ५५५ जातको सयपत्री फूल खेती गरेको छ। 

पालिकालाई सयपत्रीको फूल माफर्त व्यवसायिकता एवम् पहिचान दिलाउने उद्देश्यले गाउँपालिकाले गत वर्ष नै फूल खेती सुरु गरेको हो। अघिल्लो वर्ष पहिलो पटकमै फूलबाट राम्रो उत्पादन भएपछि यस वर्ष यहाँका किसानलाई थप अनुदान दिएर खेती गर्न थालिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए।  

उनका अनुसार गतबर्ष फूल खेतीबाटै झण्डै ८ लाख रुपैयाँ आम्दानी भएको थियो। गत वर्ष १५ रोपनी जग्गामा ड्रागन फ्रुटसँगै फूल खेती गरिएको थियो। यस बर्ष गाउँपालिकाले १५ र कृषक समूह तथा व्यक्तिले गरी ३५ रोपनीमा सयपत्री फूल खेती गरिएको छ। व्यावसायिक किसान बढाउन पालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ। गाउँपालिका-४ बिर्घामा १५ रोपनी जग्गामा नर्सरी बनाइएको छ। पालिकाभित्रका फूल रोप्ने किसानलाई प्रशिक्षण दिइने गरिएको छ। 

तीसभन्दा बढी किसानले व्यवसायिकरुपमा फूल खेतीलाई अघि बढाउने जनाएका छन्। समूह तथा व्यक्तिले २ देखि ५ रोपनीसम्म जग्गामा व्यावसायिक फूल खेती गर्नुपर्ने छ। जग्गा खनजोतदेखि फूल फुल्ने अवधिसम्मका लागि पालिकाले प्रतिरोपनी ९ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ। 

यहाँ उत्पादित फूलको किसान आफैंले बिक्री वितरण तथा उपयोग गर्न सक्नेछन्। तर, बजार नपाएमा पालिकाले नै खरिदको जिम्मा लिएको छ। पालिकामा घरबास (होमस्टे) पनि सञ्चालनमा छ। 
बीउ जमाएको ९० दिनमा फूल फुल्छ। विशेष गरी दसैं तिहारलाई लक्षित गरेर फूल खेती सुरु गरिएको हो। दसैंभन्दा तिहारको बेलामा सयपत्री फूलको माग बढी हुने गर्छ। एउटा बोटमा पटक पटक गरी २ सय वटा भन्दा बढी फूल फुल्छन्। यी फूलहरु चैत महिनासम्म रहने बताइएको छ।

तिहार लगायतका चाडबाड नजिकिंदै गर्दा फूलमा धेरै रकम बाहिर गइरहेको बेला कालीगण्डकी गाउँपालिकाले खाली र बाँझा जग्गाको सदुपयोग गर्दै सहज रुपमा राम्रो नगद आर्जन गर्न सकिने रहेछ भनेर प्रमाणित गरिसकेको बताउँछन् गाउँपालिकाका अध्यक्ष खिम थापा। अघिल्ला वर्षहरुमा जस्तो अन्य ठाउँबाट फूलमाला मगाउनु पर्ने बाध्यता हटेको छ। गत वर्ष पोखरा, नारायणघाट, पाल्पा, काठमाडौं लगायत सहरमा माग बमोजिम फूलमाला निर्यात गरिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.