शुद्धोधन गाउँपालिकामा जसपाका चुनावी कमाण्डर कांग्रेसमा प्रवेश
भैरहवा : रुपन्देहीको शुद्धोधन गाउँपालिका जसपाको चुनावी कमाण्डर भरथरी यादवले पार्टी छाडेका छन् ।
यादव जसपा छाड्दै नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
आईतबार मणिग्राममा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एंव गृहमन्त्री बालकृष्ण खाँणले शुद्धोधन गाउँपालिकाका नेतालाई कांग्रेसमा प्रवेश गराए ।
गत स्थानीय तहको निर्वाचनमा उनी जसपाबाट शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका थिए ।
जसपा जानुपूर्व उनी कांग्रेसमै महाधिवेशन प्रतिनिधि थिए ।
शुक्रवार राप्रपाका सिद्धार्थनगर नगरपालिकाका अध्यक्ष चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका थिए । शनिबार पनि धेरै युवालाई पार्टी प्रवेश गराएको रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाँणले जानकारी दिए ।
राप्रपा-एमाले-जसपा गठबन्धनले रुपन्देही-३ मा राप्रपाका दिपक बोहरा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनाएको छ भने ५ दलीय गठबन्धनले गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई उम्मेदवार बनाएको छ ।