युक्रेन सीमामा रहेको रुसी सेनाको प्रशिक्षण शिविरमा आक्रमण, ११ सैनिकको मृत्यु

युक्रेन सीमामा रहेको रुसी सेनाको प्रशिक्षण शिविरमा आक्रमण, ११ सैनिकको मृत्यु

मस्को : रुसी सेनाको तालिम स्थलमा दुई हतियारधारी आक्रमणकारीले गोली चलाएका छन्। गोली लागेर ११ जनाको मृत्यु भएको छ। उक्त तालिम युक्रेनी सीमा नजिकैको बेलगोरोड मैदानमा चलिरहेको थियो। 

सरकारी समाचार एजेन्सी आरआईएका अनुसार हतियार प्रशिक्षणको क्रममा दुई व्यक्तिले गोली हानेका थिए।  रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत संघको कुनै देशका नागरिक भएको बताएको छ। तर, उनीहरुको बारेमा धेरै जानकारी भने दिइएको छैन।

जवाफी फायरिङमा सिपाहीहरूले दुवै आक्रमणकारीलाई मारेका छन्।  यस आक्रमणमा १५ जना घाइते भएका छन्।

 आरआईएले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, 'स्वयंसेवकहरूलाई विशेष सैन्य अभियान (युक्रेन विरुद्ध)मा सामेल हुन हतियार तालिम दिइँदै थियो। सोही समयमा आतंकवादीहरूले युनिटका मानिसहरूलाई आक्रमण गरेका हुन्।'

यो गोलीबारीमा ११ जनाको मृत्यु भएको छ र अन्य १५ जना गम्भीर घाइतेलाई अस्पताल पठाइएको छ।  गत महिना रुसी राष्ट्रपतिले यसअघि सेनामा रहेका वा तालिम लिएका करिब तीन लाख मानिसलाई युद्धका लागि तयार रहन भनेका थिए। यो आदेशपछि रुसका धेरै क्षेत्रमा विरोध प्रदर्शन भएको थियो। धेरै मानिस रुस छोडेर अन्य देश भागेका छन्।  

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले एक अन्तर्वार्तामा आक्रमणकारी मध्ये एसियाली देश ताजिकिस्तानका भएका र धर्मको नाममा विवाद भएपछि गोली चलाएको बताएका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.