मोटरसाइकल चालकको मृत्यु

मोटरसाइकल चालकको मृत्यु

भक्तपुर : भक्तपुरको पुरानो थिमि बाहाखा बजारमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर नुवाकोट घर भई हाल काठमाडौ कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको मृत्यु भएको हो। 

सानोठिमीबाट भक्तपुर निकोसेरातर्फ आउँदै गरेको बा१ज ९०६० नं. को ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा८३प ५४४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।

दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोरियन अस्पताल ठिमी पठाइएको र प्राथमिक उपचारपश्चात थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पठाइएकोमा उपचारकै क्रममा आइतबार निधन भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको टोलीले अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्याक्सी चालक भक्तपुरको भक्तपुर नगरपालिका-१० बस्ने ३९ वर्षीय सुन्दर गोर्खाली वृत ठिमीको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.