यसपटक तेब्बर बढी मतले विजयी हुन्छ : महेश बस्नेत

यसपटक तेब्बर बढी मतले विजयी हुन्छ : महेश बस्नेत

भक्तपुर : नेकपा एमाले भक्तपुर क्षेत्र नं २ का संविधानसभा सदस्यका उम्मेदवार महेश बस्नेतले विपक्षीभन्दा तेब्बर बढी मतले विजयी हुने दाबी गरेका छन्। स्थानीय पत्रकारहरुसँगको अन्तरक्रिया गर्दै उनले पछिल्लोपटक दोब्बर मतले विजयी भएकोमा योपटक तेब्बर बढी मतले विजयी हुने दाबी गरे। 

सता गठबन्धनले आफूलाई कुनै असर नपर्ने उनले बताए। 'गठबन्धन नेताहरुबीच मात्रै छ। कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन। हामी उही कार्यकर्ताहरुलाई भेटिरहेका छौं र उनीहरु हामीप्रति सकारात्मक छन्,' उनले भने।

आफूले भक्तपुर क्षेत्र नं २ मा विकाशको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेको आरोप लगाए। यही कारण आफ्नो मत अझ बढ्ने उनको दाबी थियो। उनले आफू विजयी भएमा भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने पनि बताए। भक्तपुरमा काम गर्दा एक पैसा पनि घुस दिन नपर्नेगरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त जिल्ला बनाउने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.