आचारसंहिता उल्लंघन गरे उम्मेदवारी रद्द

आचारसंहिता उल्लंघन गरे उम्मेदवारी रद्द

तानसेन : जिल्ला आचारसंहिता अनुगमन समिति पाल्पाले निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन तथा परिचालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।

समितिले पाल्पामा निर्वाचनमा सहभागी भएका सबै राजनीतिक दलका प्रमुख, उम्मेदवारहरू, पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू, पत्रकारहरूको सहभागितामा समितिले छलफल तथा अन्तरक्रिया गरेको हो।     

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहभागितामा आचारसंहिता कार्यान्वयन कार्यक्रम गरिएको बताए। 

राजनीतिक दल, निर्वाचनमा उम्मेदवारी दिएका व्यक्तिहरूले कानुन अनुसारको आचारसंहिता पालना गर्नुपर्नेमा मुख्य निर्वाचन अधिकृत विष्टले बताए। 

गम्भीर प्रकृतिका आचारसंहिता उल्लंघन गरेका जुनसुकै उम्मेदवाहरूको उम्मेदवारी रद्द हुने प्रमुख निर्वाचन अधिकृत विष्टले बताए। 

सबैले आचारसंहिता कार्यान्यन गरेमा उम्मेदवारको खर्च कम हुने र निर्वाचन पनि स्वच्छ, निष्पक्ष र भयरहित हुने प्रमुख निर्वाचन अधिकृत विष्टले बताए। 
    
कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा उम्मेदवारहरूले सबैलाई समान व्यवहार गर्न, आचारसंहिता पूर्ण रूपमा पालना गराउन, आफैं सुक्ष्म रूपमा अनुगमन गर्न, खर्चका सीमाहरूका विषयमा अनुसन्धान गर्न, निर्वाचनमा तथस्त भूमिका निर्वाह गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा सुरक्षाकर्मीहरूलाई अनुरोध गरेका छन। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.