भक्तपुर तलेजुमा तीन दिन तिहार मनाइने
![भक्तपुर तलेजुमा तीन दिन तिहार मनाइने](https://annapurnapost.prixacdn.net/media/albums/taumandi-bhaktapur-750x400_20221016190032_rHuTfNnWEs.jpg)
भक्तपुर : भक्तपुरको तलेजुमा यो वर्ष कार्तिक ७, ८ र ९ गते तिहार मनाइने भएको छ।
तिहार मनाउने विषयमा विवाद आएपछि आइतबार बसेको छलफलबाट यी दिनमा तिहार मनाउने निष्कर्ष निकालेको भक्तपुर तलेजुका मुल पुजारी नरेन्द्रप्रसाद जोशीले बताए।
७ गते लक्ष्मी पूजा, ८ गते म्ह पूजा (गोवर्दन पूजा) र ९ गते किजा पूजा (भाइटिका) गर्ने निर्णय भएको उनले जनाए।
पटकपटक यस्तो विवाद आउने भएकाले नेपाल पञ्चांग निर्णायक समितिले क्यालेन्डर बनाउँदा सरोकारवालासँग छलफल गरेर मात्रै बनाउन उनले भक्तपुर तलेजुकातर्फबाट सुझाए।
यो पटक कसैले ८, ९ १० त कसैले ७, ८, ९ र १० गते तिहार मनाउने बताइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)