'जनता भ्रममा पार्ने काम बन्द गर्ने'
!['जनता भ्रममा पार्ने काम बन्द गर्ने'](https://annapurnapost.prixacdn.net/media/albums/durlavthapa_20221016192400_hf6sV1CJqD.jpg)
भक्तपुर : नेपाली कांग्रेसबाट प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार दुर्लभ थापाले विकास निर्माणको एजेन्डा उठाएर जनता भ्रममा पार्ने काम बन्द गर्ने चेतावनी दिएका छन्।
रफत सञ्चार क्लबले आइतबार गरेको साक्षात्कार कार्यक्रममा थापाले अन्य समयमा चुप लागेर बस्ने तर चुनावका बेलामा मात्रै आएर सधै सानातिना विकासका एजेन्डा उठाएर मतदातालाई भ्रममा पार्ने काम नगर्न चेतावनी दिएका हुन्।
नीति निर्माणको तहमा पुग्ने निर्वाचनलाई विकासको ललिपप बाँडेर चुनावी एजेन्डा बनाउनेहरूलाई अब जनताले तह लगाउने उनले ठोकुवा गरे।
स्थानीय सरकारको काम विकासको मूल फु्टाउने हो भन्ने हेक्कासम्म नभएका वस्नेत चुनावी एजेन्डा उही पुरानै विकास गर्छौ भन्दै मत मागेर जनतालाई झुलाइरहेको उनको आरोप थियो।
त्यसकारण अब भक्तपुर क्षेत्र नं.२ का मतदाताले उनलाई पाखा लगाउने थापाले विश्वास व्यक्त गरे।
माओवादीको वैशाखी टेकेर एक पटक जितेको धङधङीमा हिँडिरहेका भक्तपुरका नवयुवराज वस्नेतलाई पछार्न कांग्रेसै काफी रहेको उनको दावी थियो। यो बेला गठबन्धनका अघि नवयुवराजझ नै निरिह रहेको थापाको टिप्पणी छ।
मंसिर ४ मा हर्ष उल्लासका साथ मतदाताले निर्वाचन सम्पन्न गर्ने आशा रहेतापनि कहिँकतैबाट शान्त वातावरणलाई खलल गर्ने दुस्हाहस भए त्यसको प्रतिकारमा गठबन्धन हरदम तत्पर रहेको थापाले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)