किसानलाई कम्पोष्ट मल प्रयोग गर्न सिकाइँदै

किसानलाई कम्पोष्ट मल प्रयोग गर्न सिकाइँदै

भक्तपुर : किसान भेला गराएर भक्तपुर नगरपालिकाले कम्पोष्ट मल प्रयोग गर्न सिकाएको छ । 

सोमबार नगरभित्रका किसानलाई भेला गराएर नगरपालिकाले सीएनबीएम प्रविधिबाट उत्पादित कम्पोष्ट मलको प्रयोगबारे किसानलाई जानकारी गराइएको हो । 

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले नगरपालिकाले फोहोरबाट मल बनाइएको बताइन । उनले कुहिने फोहरबाट कम्पोष्ट मल बनाएर प्रति केजी २० रुपैयाँमा किसानलाई बिक्री गरिएको र पुन:प्रयोग गर्न सकिने फोहर बिक्री गरी आम्दानी गराउने गरी नगरले काम गरिरहेको बताइन । 

४ वर्ष अघिदेखि कुहिने र नकुहिने फोहर अलगअलग दिन संकलनलाई प्राथमिकतामा राखेर नगरपालिकाले फोहर संकलन गर्दै आएको उनले बताइन । 

भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण समितिका संयोजक रवीन्द्र ज्याख्वले मौलिक प्रविधिसँग मिल्दोजुल्दो जापानीज प्रविधिबाट भक्तपुर नरपालिकाले फोहोरबाट मल बनाउने कार्य गर्दै आएको बताए । फोहोर व्यवस्थापन राम्रोसँग गर्न सके धेरै समस्या आफैँ समाधान हुँने उनको भनाइ छ । 

भक्तपुर नगरपालिका वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले भक्तपुर नगरपालिकाले फोहारबाट निकालेको मल यहाँको किसानलाई मात्र नभई बहुमत जनताको समस्या समाधान गर्ने उद्देश्यले अगाडि सारेको बताए । नगरले गरेको काम जनताको हितमा लक्षित भएको दुवालको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.