जन्मकैद फैसला भई १२ वर्षदेखि फरार अभियुक्त पक्राउ

जन्मकैद फैसला भई १२ वर्षदेखि फरार अभियुक्त पक्राउ

भक्तपुर : जन्मकैद फैसला भई १२ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन्। 

२०६७ माघ २४ गते राति दाङको घोराही उपमहानगरपालिका वडा-१९ बस्ने ३२ वर्षीय सूर्य बहादुर रानालाई कर्तव्य गरी मारिएको आरोपमा देउखुरी जिल्ला अदालतबाट जन्मकैद कैद सजाय फैसला भएको थियो। 

फरार रहेका प्रेमबहादुर रानालाई भक्तपुर प्रहरीले सोमबार पक्राउ गरेको छ। 

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ठिमी संगम चोक भक्तपुरबाट उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

पक्राउपछि उनलाई जिल्ला अदालत भक्तपुरमा पेस गरिएको परिसरका सूचना अधिकारी राजु पाण्डेले जनाए। 

रानालाई अदालतको आदेशले तोकिएको कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं चलान गरिएको उनले जनाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.