भक्तपुरमा विद्यार्थीले भित्र्याए धान

भक्तपुरमा विद्यार्थीले भित्र्याए धान

भक्तपुर : भक्तपुरको एभरेष्ट इंगलिश स्कुल व्यासीका विद्यार्थीले सोमबार धान काटेर भित्र्याएका छन्। 

असार १५ गते रोपेको धान उनीहरूले काटेर भित्र्याएका हुन्। स्कुलको कक्षा ४ मा अध्ययनरत ११५ विद्यार्थीले मिलेर धान भित्र्याएका हुन्। 

विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले विद्यार्थीलाई स्कुलले धान काट्न लगाइएको थियो। विद्यार्थीले सबैले समूहमा बसेर धान काट्ने, मुठा बनाउने, धान सफा गर्ने, पराल थुपार्नेलगायतका काम सिकेका थिए। 

यसअघि उनीहरूलाई कक्षामै कामबारे प्रशिक्षण दिइएको थियो। साथै उनीहरूलाई काम गर्ने तरिकाबारे कक्षा बाहिरका बोर्डमा राखेर प्रदर्शन गर्न लगाइएको थियो। 

विद्यार्थीहरूले धान भित्र्याउने तरिकाहरू फोटोकपीमा लेखेर प्रदर्शनमा राखेका थिए। धान काटेर बिटा बनाउने, बिटा बोक्ने, चुट्ने, बताउने र चाल्ने, सफा बनाउने र रास बनाउने तरिका उनीहरूले लेखेर बाहिर बोर्डमा टाँसेका थिए। 

धान काट्न कार्य गर्दा प्रयोग हुने शब्दहरू हसियाँ, कचिया, नागलो, चाल्नो, बिटा बाध्ने, पराल, कुनिउँ, धानको रासको बारेमा पनि जानकारी गराइएको थियो।

विद्यार्थीलाई धान काट्ने कामका लागि कक्षा ४ का कोअर्डिनेटर शिक्षिका कविता पौडेललगायत शिक्षिकाहरू सुनिता सुवेदी, कुशुमकुलामी मगर, पुष्पा लाछिमस्यू, रजु श्रेष्ठलगायतले सहयोग गरेका थिए।  

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी विद्यार्थीलाई किताबमा मात्रै सीमित नराखी व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष कक्षा ४ का विद्यार्थीलाई यसरी नै सबै काम गर्न लगाउने बताए। 

धानको बीउ राख्न लगाउने, धान रोप्ने रोपाइँ, काट्नेलगायतका क्रियाकलापहरू गराउने गरेको जनाए। उनीहरूले यो काम प्रत्येक वर्ष स्कुल नजिकको खेतमा गर्ने गर्दछन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.