म्याराथनमा अनिश थापामगरले दिलाए गण्डकी प्रदेशलाई स्वर्ण

म्याराथनमा अनिश थापामगरले दिलाए गण्डकी प्रदेशलाई स्वर्ण

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज सम्पन्न म्याराथनमा पुरुषतर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ। गण्डकीका अनिश थापामगरले एथ्लेटिक्स अन्तर्गतको म्याराथन विधामा प्रदेशलाई स्वर्ण दिलाएका हुन्। भारतीय सेनामा कार्यरत उनी पर्वत जिल्लाको हुन्।

अनिशले म्याराथनको ४२.१९५ किलोमिटर दूरी दुई घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरी च्याम्पियन बने। यसैगरी विभागीय नेपाली सेनाका कृष्ण बस्नेतले दुई घन्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पार गरी रजत पदक जित्दा सशस्त्र बल एपिएफका सन्तोष विक्रम विष्टले दुई घन्टा ३० मिनेट ५४ मिनेटमा निर्धारित दूरी पार गरी कास्य पदक जिते। पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथन पोखराको विभिन्न स्थानहरुको परिक्रमापछि पुनः रङ्गशालामै आएर टुङ्गिएको हो। म्याराथन दौडमा १८ जना सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.