९० वर्षीया वृद्धाको कारुणिक दैनिकी

९० वर्षीया वृद्धाको कारुणिक दैनिकी

फिदिम : झाडीले छोप्न लागेको एउटा सानो टहरो ।  टहरोभित्र थोत्रिएका दुई चार वटा भाडाकुँडा । एउटा कुनामा झुण्ड्याइएका पुराना (फाटेका) कपडा देखिन्छन् । 

भुइँ बाख्राका बड्कौलाले भरिएको छ । आराम गर्ने ओछ्यान कुनै कुनामा देखिदैन । टहरो भत्किन लागेको छ ।

आइतबार यो टहरोमा पुग्दा निकै कारुणिक दृश्य देखियो । आगो निभेको अँगेनाका डिलमा एकजना वृद्धा बसिरहेकी थिइन् । उनको कपास झै फूलेको कपाल,  चाउरिएर मुजा परेका गाला र शिथिल शरीर । बोलाउँदा मधुरो स्वरमा मुस्किलले बोलिन ।

उनी राम्ररी बोल्न र हिड्न सक्दिनन् । उनको सुन्ने क्षमता पनि कम हुँदै गएको छ । उनलाई बुढ्यौलीले थला पारिसकेको छ । तर, उनको सहारा कोही छैन । हेरचाह गर्ने कोही नभएपछि एक्लो जीवन जिउने कोशिसमा छिन् वृद्ध आमा । चिसो भुइँमा दिन बिताउने उनको सुत्ने ओछ्यान पनि छैन । 

यो दृश्य पाँचथरको हिलिहाङ गाँउपालिका- २ पिनासीस्थित माझिगाँउको हो । यी वृद्धा आफ्नो नामसमेत राम्ररी भन्न सक्दिनन् । छिमेकीहरूले उनको नाम ‘चनामाया माझी’ भनेर सुनाए । चनामायाले ९० वर्ष पार गरिसकेको हुनसक्ने स्थानीयको अनुमान छ । उनको शारीरिक अवस्थाले पनि निक्कै पाको उमेर देखाउँछ । 

घरमा रहेकी चुनमाया

उनी अहिलेसम्म नेपालको नागरिकको रुपमा दर्ज भएकी छैनन् । नागरिकता नपाउँदा उनले आफ्नो नाम, पहिचान र राज्यबाट पाउने सुविधासमेत पाएकी छैनन् । ‘भाउजुले अहिलेसम्म नागरिकता पाउनुभएको छैन्,’ छिमेकी प्रलाद प्रसाईले भने ‘नागरिकता दिलाउन पाए राज्यबाट पाउने सुविधा पाउनुहुन्थ्यो । भाउजु राज्यबाट पाउने सुविधाबाट बञ्चित हुनुभएको छ ।’ 
उनका लागि बोलिदिने र गरिदिने कोही नभएपछि उनी सबै सुविधाबाट बञ्चित छिन् ।

चनमाया बस्ने टहरो आफन्तको जमिनमा बनाइएको हो । उनको नाममा एक टुक्रा जमिन छैन । ‘हामीले दिएको जमिनमा बस्दै आउनुभएको छ,’ छिमेकी गोपाल माझीले भने ‘उनको अवस्था निकै दयनीय छ। हामीबाहेक उनको हेरचाह गर्ने कोही छैन । सरकारले प्रबन्धन गरिदिए हुन्थ्यो ।’

उनका श्रीमान शशीधर माझीको मृत्यु भएको करिब दुई वर्ष बित्यो । शशीधरको मृत्युपछि चनमाया टहरोमा एक्लै बसिरहेकी छन् । उनका सन्तान छैनन् । सन्तान नभएकी चनमाया राज्यको नजरमा समेत नपर्दा उनको अवस्था दयनीय र कारुणिक बेहाल छ । चनमायाको दुःख देख्नेहरूले खाद्यान्न सहयोग गर्दै आएको स्थानीयको भनाइ छ । 

चुनमायाको घर

वृद्धाको अवस्थाबारे जानकारी गराउँदा अवस्था र वास्तविकता बुझेर आवश्यक सहयोग गर्ने हिलिहाङ गाँउपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले बताए । ‘उहाँको बारेमा हामीलाई राम्रो जानकारी थिएन,’ अधिकारीले भने ‘सबै कुरा बुझेर उहाँले पाउने सेवा सुविधा दिलाउन र बस्ने उचित कदम चाल्नेछौँ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.