रौतहट : पूर्व प्रधानमन्त्रीदेखि पूर्व मन्त्रीसम्म चुनावी घरदैलोमा

रौतहट : पूर्व प्रधानमन्त्रीदेखि पूर्व मन्त्रीसम्म चुनावी घरदैलोमा

रौतहट : रौतहटमा  चुनावी चहलपहल बढेको छ। उम्मेदवारहरू आफ्नो चुनावी अभियान लिएर मतदाता समक्ष पुग्ने होडबाजीमा छन्।

रौतहटमा चारवटा निर्वाचन क्षेत्र छन्। जसमा क्षेत्र न. १ मा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल चुनाव लड्दैछन् भने उनको प्रतिद्वन्दीका रूपमा गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ता छन्।

रौतहट क्षेत्र नम्बर १ मा पर्ने सबै पालिकाका प्रमुखहरू नेता नेपालको पक्षमा भएपनि एमालेका उम्मेदवार अजय कुमार गुप्ता आफूले जित हात पार्ने बताउँछन्।

गुप्ता गौर नपाका पूर्व मेयर हुन भने गौर र राजदेवी नगरपालिका पूर्ण बहुमतसहित नेकपा एकीकृत समाजवादीले जितेको भएपनि सोही स्थानबाट आफूले धेरै मत ल्याउने नेकपा एमालेका उम्मेदवार गुप्ताको भनाइ छ। 

यसैगरी यमुनामाई गाउपालिका नेकपा माओवादी ले जितेको छ। माधव नारायण नगरपालिका र गढीमाई नगरपालिका पनि नेपाली कांग्रेसले जितेको छ। 

एमाले-जसपा गठबन्धनबाट उम्मेदवार रहेका अजयकुमार गुप्ता गत स्थानीय तहमा गौर नगरपालिकाको नगर प्रमुख पदमा लोसपाबाट पराजित उम्मेदवार रहेपनि नेता नेपालको दरिलो प्रतिस्पर्धीका रूपमा हेरिएको छ।

यस्तै क्षेत्र न. २ मा जसपा र एमालेको संयुक्त उम्मेदवार शैलेन्द्र साह र पाँच दलीय  गठबन्धनबाट डा. फिर्दोस आलमबीच  प्रतिस्पर्धा छ।

उम्मेदवार आलम हाल कारागारमा रहेका पूर्वमन्त्री अफ्ताव आलमका जेठा छोरा हुन। यस्तै आलमका अर्का छोरा राजपुर नपाका मेयर छन्। मोहम्मद अबताब आलम हत्या अभियोगमा कारागारमा छन्।
  
उनकै सट्टामा सत्तागठबन्धनले पूर्वमन्त्रीका छोरा डा. आलमलाई टिकट दिइएको चर्चा छ। यता एमालेबाट टिकटको प्रमुख दाबेदार रहेका किरण साहले पूर्वमन्त्री प्रभुसाहले अगुवाइ गरेका स्वतन्त्र समूहबाट उम्मेद्वारी दिएका छन्।

क्षेत्र न. २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। यसैगरी मनोनयन दर्ताको अन्तिम समयमा एमालेको टिकट त्यागेर रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री प्रभु साह चुनावी घरदैलोमा छन्।

माओवादी छाडेर एमाले हुँदै स्वतन्त्र बनेका पूर्वमन्त्री साहलाइ यो चुनाव जित्न चुनौती छ।

नेपाली कांग्रेस रौतहटका सभापति जितेन्द्र यादव प्रदेश सभामा गएर केही सजिलो देखिएपनि नेकपा माओवादी र सत्ता गठबन्धनका उम्मेदवार धिरज पटेल र स्वतन्त्र उम्मेदवार ओम प्रकाश साह पूर्वमन्त्री साहका प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

पूर्व मन्त्री प्रभु साहले यस क्षेत्रमा गरेका विकासका कारण पनि कसैले पछि पार्न नसक्ने एमालेले केही दिनअघि हटाएका निवर्तमान जिल्ला अध्यक्ष त्रिभुवन साहको भनाइ छ। रौतहट क्षेत्र न.४ मा यसअघिका चुनावी परिणाम हेर्ने हो भने कुनै उम्मेदवारले दोहोरिएर जितेका छैनन।

निर्वाचन क्षेत्र न ४ मा २०४८ मा एमालेबाट बन्सिधर मिश्र, २०५१ काङ्ग्रेसबाट उद्धव ढकाल,२०५६ मा एमालेबाट माधव कुमार नेपाल, २०५६ सालको उपनिर्वाचनमा  कांग्रेसका  प्रकाश  कोइराला निर्वाचित भएका थिए। 

यस्तै २०६४ को चुनावमा माओवादीका देवेन्द्र पटेल, २०७० मा एमालेका रामकुमार भट्टराई र २०७४ कांग्रेसका देव प्रसाद तिमल्सिना निर्वाचन भएका थिए। 

यसक्षेत्रमा चुनावमा दोहिरिन्छ कि फेरिन्छ भन्ने कुरा यतिखेर चासो र चर्चाको विषय बनेको छ।

आउँदो चुनावमा सत्ता गठबन्धनबाट कांग्रेसका निवर्तमान सांसद देव प्रसाद तिमल्सिना, नेकपा एमाले र जसपाको चुनावी तालमेलबाट एमालेका उद्धव रेग्मीले उम्मेद्वारी दिएका छन्।

निवर्तमान सांसद तिमल्सिनाले आफ्नो लोकप्रियता र जनतासँगको सम्बन्धको कारण पुन: आफूले चुनाव जित्ने दाबी गर्दछन्।

सो क्षेत्रको प्रदेश सभा (क) मा नेपाली कांग्रेस र नेकपा एस दुवैको उम्मेदवारी परेपछि सत्तागठबन्धनमा अन्यौल छ।

तर, यस क्षेत्रका कांग्रेसका पुराना नेता अजय कुमार साहले उनीविरुद्द स्वतन्त्र उम्मेदवारी दिँदा ठूलै चुनौती बनेको कांग्रेसका नेता कार्यकर्ता नै बताउँछन्।

यस्तै एमालेका नेता उद्धव रेग्मीले यसपटकको निर्वाचनमा आफ्नो जितलाइ कसैले रोक्न नसक्ने दाबी गर्दै आएका छन्। उनी भन्छन् 'इतिहास कायम रहन्छ कि फेरिन्छ त्यो हेर्न भने मंग्सिर ४ कुर्नै पर्ने हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.