विकल्पविना सुकुम्वासीका घरटहरा भत्काउन हुन्न : गृहमन्त्री खाण

विकल्पविना सुकुम्वासीका घरटहरा भत्काउन हुन्न : गृहमन्त्री खाण

भैरहवा : गृहमन्त्री एंव नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उपयुक्त विकल्प र व्यवस्थापनविना सुकुम्वासीका घर टहरा भत्काउन नहुने बताएका छन्।

मंगलबार बुटवल उपमहानगरपालिका-१६ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल सुकुम्वासी बसोबास गरिरहेको अवस्थामै बस्न पाउनुपर्ने बताए।

'सुकुम्वासी नागरिकहरू हाल बसोबास गरिरहेको अवस्थामा बस्न पाउनु पर्छ', पाँच दलीय गठबन्धनको रुपन्देही-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका उनले भने, 'यदि सार्नपर्ने अवस्था आए उपयुक्त विकल्प र त्यसको व्यवस्थापन गर्नुपर्छ।'

मुलुकभरका केही स्थानीय तहले विकल्पविनै चाडपर्वको बेला सुकुम्वासीका घरटहरा भत्काउन थालेपछि गृहमन्त्रीको यस्तो धारणा आएको हो।

उनले विकल्पविनै घरटहरा भत्काउने अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन आफूले गृह प्रशासनलाई निर्देशन दिइसकेको बताए।

उनले इतिहास र भूमिका नभएका राजनीतिक दल र उक्त दलमा आवद्ध नेताबारे टीकाटिप्पणी गर्नुको ओैचित्य नभएको बताए।

बुटवलको सेमलारस्थित कृषि थोक बजार केन्द्र आयोजना सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएकाले आयोजना सम्पन्न गरेर स्थानीयले फाइदा लिन सक्ने उनले बताए।

केन्द्रको सञ्चालनले स्थानीयहरूले कृषि उत्पादन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विदेशमा र मुलुकको विभिन्न स्थानमा सहजै निर्यात गर्न सकिने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.