नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला भलिबलको फाइनलमा सशस्त्र र पुलिस

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला भलिबलको फाइनलमा सशस्त्र र पुलिस

बेनी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको फाइनल खेल सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच हुने भएको छ।  

बेनीको खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनलमा पुगेका हुन्। 

सशस्त्रले बागमतीलाई १ का विरुद्ध तीन र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो। पहिलो सेट २३ का विरुद्ध २५ ले जितेको बागमतीलाई सशस्त्रले त्यसपछिका तीन सेट क्रमशः २५-२३, २५-२२ र २५-१६ को अन्तरमा पराजित गर्‍यो। 

सशस्त्रको कप्टानी निरुता ठगुल्ना र बागमतीको टिमको नेतृत्व ललिता नाथले गरेकी थिइन्। कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्टानीमा रहेको गण्डकीलाई २५-१०, २५-१८ र २५-११ अंकमा पराजित गर्‍यो। कमला र अरुणा दुवै म्याग्दीका हुन्। 

तेस्रो स्थानका लागि बुधबार बिहान १० बजे बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए। यसैगरी सशस्त्र र पुलिसबीच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ। 

असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए। कर्णाली र मधेश प्रदेश पहिलो चरणबाट बाहिरिएका थिए। 

विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी, लुम्बिनी, प्रदेश १ र सुदूरपश्चिम प्रदेश क्वाटरफाइनलबाट बाहिरिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.