नवलपरासीमा राजनीतिक दलले बनाएनन् दलिततर्फका उम्मेदवार

नवलपरासीमा राजनीतिक दलले बनाएनन् दलिततर्फका उम्मेदवार

परासी : आगामी मंसिर ४ गते हुने निर्वाचनमा नवलपरासीबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा ८८ जनाले उम्मेदवारी दिएका छन् । 

निर्वाचनमा सहभागी भएकामध्ये १६ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् भने स्वतन्त्र उम्मेदवारी दिनेको संख्या ३७ छ । उम्मेदवारी दिएका राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रबाट दलित उम्मेदवार उठाएका छैनन् । 

दलित समुदायबाट २ जनाले मात्र स्वतन्त्रबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । अन्य कुनै पनि निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट समेत दलित समुदायबाट उम्मेदवारी परेको छैन । जिल्लामा २ निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

 
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा ११ दल र ७ स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिएका छन् । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’तर्फ ८ राजनीतिक दल र स्वतन्त्रबाट ८ गरी १६ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ तर्फ ८ राजनीतिक दल र ३ स्वतन्त्र गरी ११ जनाको उम्मेदवारी परेको छ ।
 
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा १० दल र ८ स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका छन् । सो निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ बाट ७ राजनीतिक दल र स्वतन्त्रबाट ४ गरी कुल ११ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभा ‘ख’ बाट ७ राजनीतिक दल र ७ स्वतन्त्र गरी कुल १४ जनाको उम्मेदवारी परेको छ । 

३ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा मतदाता संख्या २ लाख ४० हजार ९३० छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.