रसुवाको कालिका गाउँपालिकाले जारी गर्यो स्वास्थ्य बिमा कार्यविधि
काठमाडौ : रसुवाको कालिका गाउँपालिकाले स्वास्थ्य बिमा कार्यविधि, २०७९ जारी गरेको छ।
गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार गरी स्वास्थ्य बीमाबाट कालिकावासीका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न र स्थानीय स्तरमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्नका लागि कार्यविधि निर्माण गरिएको हो।
कालिका गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष एंव गाउँपालिकाका प्रवक्ता सन्दीप पौडेलले कार्यविधि जारी भएको र अब स्थानीयले कार्यक्रममा सक्रिय सहभागिता जनाई गुणस्तरीय स्वास्थ्य सेवा लिन सकिने बताए।
गाउँपालिकाले आफ्नो क्षेत्रमा स्थायी बसोबास गर्ने नागरिकहरूको स्वास्थ्य बीमा कार्यक्रम प्राथमिकतामा राखेको उनले बताए।
नागरिकहरूको गुणस्तरीय स्वास्थ्य सेवामा सरल र सहज रूपमा पहुँच सुनिश्चित गर्न पालिकाले आफ्नो महत्वपूर्ण जिम्मेवारीभित्र राखेको उनको भनाइ छ।
पालिकको मंगलबार बसेको बैठकले उक्त कार्यविधि जारी गरेको हो।
सरकारले २०७१ सालदेखि सर्वसाधारणको योगदानमा आधारित स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।