भक्तपुरको गःपलीमा सरसफाई

भक्तपुरको गःपलीमा सरसफाई

भक्तपुर : भक्तपुरको गःपलीमा मंगलबार सरसफाई गरिएको छ। 'टोलको सुधार गरौं, सभ्याताको परिचय दिऔं' भन्ने मूल नाराका साथ गःपली टोल सुधार समितिले सरसफाई गरेको हो। 

समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले सरसफाई सभ्याताको चिह्न भएको बताउँदै मानिस स्वस्थ नभइकन केही गर्न नसक्ने भएकाले शरीरलाई स्वस्थ राख्न सरसरफाई आवश्यक हुने जानकारी दिए।

उनले शारीरिक र मानसिक रूपमा स्वस्थ नभए शिक्षा तथा काममा सफलता हासिल गर्न नसक्ने भएकाले शारीरिक र मानसिक स्वस्थताका लागि प्रतिकात्मक रूपमा जनचेतना जगाउने उद्देश्यले सरसफाई कार्यक्रम गरेको बताए। 

उनले डेंगु रोग फैलिरहेको र लामखुट्टेबाट सर्ने भएकाले पानी जम्न नदिन सरसफाई कार्यक्रम अवश्यक रहेको बताए। 

उनले न्हुँद ११४३ को उपलक्ष्यमा सम्पूर्ण टोलबासीहरुको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे। कार्यक्रममा टोलवासी र विद्यार्थीहरूको सहभागीता रहेको थियो। 

बाराही डोकाफल्चादेखि सरसफाई सुरु गरी गपली गणेश मन्दिर, राममन्दिर, बाराही पुल र मंगलतीर्थमा पुगेर समापन गरिएको थियो। सरसफाईका लागि भक्तपुर नगरपालिकाले च्वाफी, चुन र फिनेल सहयोग गरेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.