हट एयर बलुन दुर्घटना हुँदा टर्कीमा दुई जना पर्यटकको मृत्यु

हट एयर बलुन दुर्घटना हुँदा टर्कीमा दुई जना पर्यटकको मृत्यु

अंकारा : टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्य क्यापाडोसियामा मंगलबार तातो हावायुक्त बलुन दुर्घटना हुँदा दुई स्पेनी पर्यटकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

एक निजी कम्पनीको बलुन नेभसेहिर प्रान्तको एभानोस जिल्लाको जेल्भ भग्नावशेषबाट उडेको र अप्रत्याशित गतिमा आएको हावाका कारण किलिक क्षेत्रमा आकस्मिक अवतरण गरेको प्रान्तीय कार्यालयले जनाएको छ।

बलुनमा कूल २८ यात्रु र दुईजना चालक दलका सदस्य सवार थिए। प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण हावाको गतिमा अप्रत्याशित वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ।

प्राकृतिक चट्टान संरचनायुक्त उपत्यका, भूमिगत बस्तीहरू, गुफा होटलहरू एवं ऐतिहासिक गुम्बाहरू भएको क्यापाडोसिया तातो हावायुक्त बलुन सवारीहरूको लागि परिचित छ।

यो यस्ता प्रसिद्ध विश्वभरका गन्तव्यहरूमध्ये एक हो। यहाँ आगन्तुकहरूले उचित मौसमका कारणले लगभग वर्षैभरि बलुन सवारीको आनन्द लिन सक्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.