रुसको लडाकु विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

रुसको लडाकु विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

मस्को : रुसको एसयु-३४ लडाकु विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको टास समाचार एजेन्सीले जनाएको छ।

आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेअनुसार उद्धारकर्ताहरूले दुर्घटनास्थलमा थप १० शवहरू फेला पारेका छन्, जसमा तीन बालबालिकासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। अन्य १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। 
दुर्घटनाबाट ६८ जनाको उद्धार गरिएको थियो भने ३६० जनालाई सुरक्षित स्थानमा सारिएको थियो।

यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।

चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए। तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो। 

दुर्घटनाले १७ वटा अपार्टमेन्टमा क्षति पुर्‍याएको छ। रुसी अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.