दुई ट्रकमा ल्याइएको ९० लाख बराबरको चिनी बरामद

दुई ट्रकमा ल्याइएको ९० लाख बराबरको चिनी बरामद

पश्चिम नवलपरासी : सशस्त्र प्रहरिले दुई वटा ट्रकमा लोड गरेर ल्याइएको ९० लाख बराबरको चिनी बरामद गरेको छ। जिल्लाको प्रतापुर गाउँपालिका २ र रामग्राम नगरपालिका ५ स्थित भैरहवा परासी राजमार्गबाट ८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक  सशस्त्र प्रहरिले नियन्त्रणमा  लिएको हो ।  

सशस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बुधबार बिहान ट्रकमा ल्याउँदै गरेको चिनी नियन्त्रणमा लिएको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्रीले बताए।

प्रतापपुर गाउँपालिका–२ बाट ना६ख २१९७ नंको ट्रकमा ल्याइएको ४२० बेरा (२१ हजार केजी) र रामग्राम नगरपालिका–५ स्थित परासी–भैरहवा हुलाकी मार्गबाट लु१ख ९८७१ नंको ट्रकमा रहेको ४२० बोरा (२१ हजार केजी) गरी ४२ हजार केजी चिनी बरामद भएको हो।

चिनीसँगै ओसारपसारमा संलग्न दुईवटै ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सारमा पठाइएको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.