शशि थरुरलाई हराउँदै मल्लिकार्जुन कांग्रेस सभापतिमा निर्वाचित
नयाँ दिल्ली : भारतीय कांग्रेसको सभापतिमा मल्लिकार्जुन खर्गे निर्वाचित भएका छन्। उनले शशि थरुरलाई पराजित गर्दै कांग्रेसको नयाँ सभापति बनेका हुन्।
खर्गेले कूल मतको ७ हजार ८९७ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी थरुरले १०७२ मतमात्र पाएका थिए। कूल ९३८५ मत खस्दा ४१६ मत बदर भएको निर्वाचन अधिकृतलाई उद्धृत गर्दै एएनआईले जनाएको छ। थरुरले ट्वीटरमार्फत् नयाँ सभापति भएकोमा खर्गेलाई बधाई दिएका छन्।
खर्गेलाई गान्धी परिवारको निकट नेताको रुपमा लिने गरिन्छ। थरुर पनि कांग्रेसको २३ नेतामध्ये पर्छन्।