नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला भलिबलमा सशस्त्र च्यापियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला भलिबलमा सशस्त्र च्यापियन

बेनी : विभागीय टिम सशस्त्र प्रहरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला भलिबलमा विजयी भएको छ। बेनीको खुल्ला मञ्चमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लवलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै सशस्त्रले उपाधि चुमेको हो। पहिलो सेट २५-१९, दोस्रो सेट ३०-२८ र चौथो सेट २५-१९ को अन्तरले शसस्त्रले जितेको हो। 

सशस्त्रलाई पुलिसले तेस्रो सेटमा २४-२६ को अन्तरमा पराजित गरेको थियो। बिनिता बुढाथोकीको कप्तानीमा रहेको शसस्त्र र कमला पुनको नेतृत्वमा मैदानमा उत्रिएको पुलिस क्लaको खेल प्रतिस्पर्धात्मक थियो। 

त्‍यसैगरी घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती प्रदेश प्रतियोगितामा तेस्रो भएको छ। बागमतिले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५-१२, २५-२१ र २५-१७ अन्तरमा पराजित गरेको हो। पहिलो सेट गण्डकीले बागमतिलाई २५-२० अन्तरमा जितेको थियो। 

असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी थिए। विजेता टिम शसस्त्रका खेलाडीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनही रु. १५ हजारका दरले पुरस्कृत गरेको छ। 

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी केसी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.