भारतको कंग्रेस अध्यक्षमा खड्गे निर्वाचित

भारतको कंग्रेस अध्यक्षमा खड्गे निर्वाचित

दिल्ली (बीबीसी) : भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस पार्टीका अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। सांसद शशि थरुरलाई पराजित गर्दै उनी नयाँ अध्यक्ष बनेका हुन्। ८० वर्षका उनी भारतका पाका राजनीतिज्ञसमेत हुन्। 

खड्गेले थरुरभन्दा आठ गुणा धेरै मतपाएका छन्। थरुरले खड्गेलाई बधाई दिँदै पार्टीको पुनरुत्थान साँच्चिकै सुरु भएको प्रतिक्रिया दिएका छन्। ‘हाम्रो पार्टीको पुनरुत्थान आजदेखि साँच्चिकै सुरु भएको मेरो विश्वास छ’,
उनले भने।

यससँगै दुई दशकभन्दा लामो समयपश्चात् पार्टीको नेतृत्व गैरगान्धी परिवारका नेतामा पुगेको छ। यसअघि सन् १९९८ मा सीताराम केसरीलाई पाँच वर्षे कार्यकालको दुई वर्ष बिताउन नपाउँदै हटाइएको थियो। केसरीलाई सोनिया गान्धीले विस्थापित गरेकी थिइन्। उनले पार्टीको नेतृत्व १९ वर्षसम्म सम्हालिन्। 

उनका छोरा राहुल गान्धी सन् २०१७मा उक्त पदमा निर्विरोध चुनिएका थिए। तर, सन् २०१९ को आमचुनावमा पार्टीको पराजयपछि उनले पद त्यागे। त्यसयता सोनियाले नै पार्टी नेतृत्व सम्हालेकीथिइन्। गान्धी परिवारनिकट खड्गेको विजय अपेक्षित ठानिएको छ। पूर्वकेन्द्रीय मन्त्री खड्गेले पार्टीमा सांगठनिक सुधार गर्ने भनेका छन्। जसमा ५० प्रतिशत प्रतिनिधित्व ५० वर्षभन्दा कमउमेर समूहको गराउने उनको योजना छ। 

कर्नाटकाको दलित समुदायका उनी सन् १९४२ मा बिदार जिल्लामा जन्मिएका हुन् । उनको हुर्काइ छिमेकी गुलबर्ग जिल्लामा भयो। उनले कानुन पढेका छन्। प्रारम्भमा उनले मजदुर युनियनको प्रतिनिधित्व गरेका थिए। विद्यार्थी छँदादेखि राजनीतिमा रुचि राखे। उनी सन् १९६९ मा कंग्रेसमा आबद्ध भए। सन् १९७२ मा त्यतिखेर उक्त राज्यका पार्टी प्रमुख देवराज अर्सले उनलाई माथिल्लो भनिने जातिको दबदबा रहेको गुर्मित्काल निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रोत्साहन गरेका थिए। उनले उक्त क्षेत्रमा लगातार ९ पटक चुनाव जितेका छन्। साथै उनले चितापुर क्षेत्रबाट चुनाव जितेका छन्। 

पाका नेता खड्गेसामु अब डेढ वर्षपछि हुनलागेको चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (बीजेपी)सँगको टक्कर चुनौती देखिन्छ। त्यसका निम्ति पार्टीमा सुधार जरुरी भएको विश्लेषकहरू ठान्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.