स्याङ्जामा २ मतदान स्थल सारिए, २ केन्द्र थपिए

स्याङ्जामा २ मतदान स्थल सारिए, २ केन्द्र थपिए

स्याङ्जा : स्याङ्जामा यसपटक २ वटा मतदान स्थल सारिएको छ भने २ वटा मतदान केन्द्र थप गरिएको छ। मतदातालाई अपायक भएको भन्दै २ स्थललाई अन्यत्र सारिएको र मतदाता संख्या बढी भएको जनाउँदै २ केन्द्र थप गर्ने सर्वदलीय निर्णय भएको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।

वालिङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक–एक मतदानस्थललाई स्थानान्तरण गरिएको छ। वालिङ नगरपालिका–८ को बोगटीडाँडाको मतदानस्थललाई वालिङ–८ कै शिवशक्ति सामुदायिक भवन भीमटारी बगैँचामा स्थानान्तरण गरिएको छ। 
बिरुवा–१ को जनजागृति आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई बिरुवा–१ कै नवज्योति माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको हो। 

यसैगरी, वालिङ ४ को जेठीकन्या आधारभूत विद्यालय र ८ को केदारनाथ मन्दिरमा नयाँ मतदान केन्द्र थपिएको छ। यसअघि ३ सय १८ मतदान केन्द थिए। अब, ३ सय २० पुगेको भने निर्वाचन स्थल १ सय ९९ वटा छन्।  

एउटा निर्वाचन केन्द्रमा एक हजारभन्दा बढी मतदाता भएमा दोस्रो निर्वाचन केन्द्र राख्न सकिने प्रावधान भएअनुसार केन्द्र थप गरिएको निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिए। 

अपायक भएका कारण प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सबै राजनीतिक दलहरुको सहमति बमोजिम निर्वाचन स्थल र केन्द्र थप सहित स्थानान्तरण गर्नु परेको कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए।  

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता छन्। तीमध्ये महिला १ लाख २४ हजार ७७८, पुरुष १ लाख १९ हजार ३१० र अन्य एकजना मतदाता छन्। 

प्रतिनिधिसभा सदस्य दूई र प्रदेशसभाका ४ क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. १ मा मतदान स्थल १ सय ८ र मतदान केन्द्र १ सय ७०  छन्।  क्षेत्र नं. २ मा मतदान स्थन ९१ र मतदान केन्द्र १ सय ५० वटा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.