पौडीमा स्वर्ण पदक बिजेता एस्ली र आशिषलाई एनआरएनएको सम्मान

पौडीमा स्वर्ण पदक बिजेता एस्ली र आशिषलाई एनआरएनएको सम्मान

काठमाडौं:  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पौडी विधानमा स्वर्ण पदक जित्ने एस्ली सापकोटा डंगोल र आशिष सापकोटा डंगोललाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सम्मान गरेको छ । 

गैरआवासीय नेपाली संघको तर्फबाट ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडी विधाका सहभागी एस्ली र आशिषले स्वर्ण पदक जितेका छन् । एस्लीले ६ स्वर्ण र आशिषले ३ स्वर्ण जितेका छन् । 

स्वर्ण बिजेता खेलाडीलाई प्रमाणपत्र तथा फूलगुच्छामार्फत संघका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी तथा महिला सचिव राधिका गुरुङले सम्मान गरेका थिए । कार्यक्रममा खेलाडीका आमा र कोचलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा संघका अध्यक्ष डा बद्री केसीले पदक विजेताका साथै प्रशिक्षक र आमालाई बधाई तथा शुभकामना व्यक्त व्यक्त गर्नुभयो । अब आउने प्रतियोगितामा विदेशमा रहेका दोस्रो पुस्ताका ट्यालेन्टेड युवालाई खोजेर प्रतियोगतामा सहभागीता गराई नेपालको खेलकुद प्रबद्धनमा सहयोग गर्ने बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.