नेपालीको सारथी बन्दै ‘हेल्प डेक्स इन पोर्चुगल’

नेपालीको सारथी बन्दै ‘हेल्प डेक्स इन पोर्चुगल’

काठमाडौं: ठूलो सपना र आर्थिक समृद्धिको आशा बोकेर जीवनलाई सरल बनाउने उद्देश्यले विगत १० वर्ष अघि युरोप छिरेका बिक्की सुवेदी अहिले नेपालीको सारथी बन्न थालेका छन् । 

पर्याप्त पैसा कमाउने र पारिवारिक सम्पन्नतालाई मजबुद बनाउने उद्देश्यले विदेशिएका सुवेदी समस्यामा परेका नेपालीको सहयोगमा जुट्छन् । 

पर्वतको कुस्मा स्थायी घर भएका बिक्की हालः युरोयियन मुलुक पोर्चुगलमा छन् । पहिले रोजगारीका लागि पोर्चुगल पुगेका उनी अहिले नेपालीका सबैभन्दा कान्छा व्यवसायीको रुपमा पनि परिचित छन् । करिव एक दशकदेखि ब्यवसायमा सम्लग्न उनले आफ्नो ‘पावरफुल प्रिज्म एलडिए’ नामक कृषि कम्पनी स्थापना गरी आप्रबासीलाई रोजगारी दिइरहेका छन् । 

सामाजिक सेवामा हात हालेका बिक्कीको समूहले अन्य दुई कम्पनीको स्थापना गरी करिब तीन हजार मानिसलाई रोजगारी दिएको छ । उनले स्थापना गरेको ‘हेल्प डेक्स इन पोर्चुगल’ नामक संस्था नेपाली कामदारको सहयोगी बनेको छ । 
रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका र समस्यामा परेका आप्रबासीलाई यो संस्था साथी नै हो ।

‘जब म रोजगारीका लागि यहाँ आएँ त्यस पछि थाहा भयो वैदेशिक रोजगारी नेपालीले सोचे जस्तो सजिलो रहेनछ । झन्झटिलो कागजी प्रक्रियाले धेरै नेपालीलाई समस्यामा पारेको अवस्था थियो,’ उनले भने, ‘यहाँ आफूले भोगेको अनुभवले नै मलाई  परदेशमा सहयोग गर्नु ठूलो धर्म कमाउनु हो भन्ने भावनाको विकास भयो । ’

हेल्प डेक्स इन पोर्चुगलले के गर्छ ?
पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भाषाको हो । यहाँका हरेक कार्यालयमा भाषा नजान्नेले कुनै काम सहज रुपमा गर्न सक्दैनन् । पोर्चुगिसहरू भाषामा काम गर्न कठिन छ । पोर्चुगल जानेले पनि भाषा सिकेर जानुपर्ने सुझाव उनको छ । 

यही भाषागत समस्यामा परेर काम गर्न नसकेका नेपाली तथा अन्य देशका आप्रवासीलाई  ‘हेल्प डेक्स इन पोर्चुगलले सहयोग गर्दै आएको छ । डकुमेण्टेसन तथा पोर्चुगलका विभिन्न सरकारी निकायमा पर्ने समस्याको समाधानका लागि यो संस्थाले काम गर्ने गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.