सदरमुकाम विवादमा दोहोरो चरित्र देखाएको एमालेको आरोप

सदरमुकाम विवादमा दोहोरो चरित्र देखाएको एमालेको आरोप

रुकुम पूर्व : नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले रुकुम पूर्वको सदरमुकाम विवादमा दोहोरो चरित्र देखाएको नेकपा एमाले जिल्ला कमिटीले आरोप लगाएको छ। 

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा सम्पर्क कार्यालयको स्थापनाका क्रममा एमालेले आफ्नो घोषणा एवंम् अपिलपत्रमार्फत यस्तो बताएको हो। 

संघीयता लागू भएदेखि सिंगो रुकुमलाई टुक्रा पारी पूर्वी रुकुम र पश्चिम रुकुम बनाएपछि पूर्वको सिस्ने गाउँपालिका ५ र ६ नम्बर वडामा रहेको रुकुमकोटमा सदरमुकाम तोकिएको थियो। 

२०७४ साल माघ ११ गते तत्कालीन शेरबहादुर देउवाको कामचलाउ सरकार हुँदा पुथाउत्तरगंगा गाउँपालिका-१२, गोल्खाडामा सदरमुकाम सार्न आदेश दिएको थियो। 

त्यतिबेला दुवै क्षेत्रको आन्दोलन बिरोध र सर्वोच्च अदालतमा रिट दायरपछि तत्काल मुकाम सार्ने काम रोकिएको हो। अहिले फेरि यो विषयलाई नेकपा एमालेले सत्ता गठबन्धनको तर्फबाट जिल्ला सदरमुकाममा दोहोरो चरित्र खेली बेवास्ता गरेको विषयलाई उठाएर आरोप लगाएको छ। 

छिप्रीदहमा कार्यालयको स्थापना कार्यक्रममा अपिल पत्र सुनाउने क्रममा नेकपा एमाले रुकुम पूर्वमा प्रतिनिधि सभाका उम्मेद्वार कैलास कुमार मल्लले प्रतिवद्धता पत्रमा जिल्लाका सडक लगायत भ्रस्टाचार बिरोधी र जनजीविकाका सवालमा केन्द्रित रहेका प्रतिवद्धता भन्ने क्रममा सदरमुकामको विवादलाई प्रस्ट्याएका हुन्। 

मल्ल रुकुमकोट निवासी हुन्। उनले यसअघि नै गोल्खाडा सदरमुकाम हुनुपर्छ भनी सार्वजनिक कार्यक्रममा बोलेका थिए। 

यो सदरमुकामका विषयमा सर्वोच्च अदालतले पेशी तोक्दै फैसलाको समयसीमा सारिरहेको छ। यस विषयमा जिल्लास्थित राजनीतिक दलका शीर्ष नेताहरूले आधिकारिक धारणा व्यक्त गरेका छैनन्। 

नेकपा एमाले जिल्ला कमिटीले भने दुवै क्षेत्रको सम्बोधन हुनेगरी न्यायोचित फैसलाको प्रतीक्षामा रहेको र पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने उल्लेख गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.