भैरहवामा सञ्चालनमा आयो सार्वजनिक शौचालय

भैरहवामा सञ्चालनमा आयो सार्वजनिक शौचालय

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क जैविक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ।

शौचालयको निर्माण सम्पन्न गरेर उपभोक्ता समितिले नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेपछि शौचालय सञ्चालनमा आएको हो।

बिहीबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बुद्धचोकस्थित सार्वजनिक शौचालयमा लगाइएको ताल्चा खोलेर शौचालय सञ्चालनमा ल्याए।

आयोजित कार्यक्रममा नगर प्रमुख खानले जैविक सार्वजनिक शौचालय सञ्चालनले स्वदेशी र विदेशी नागरिकलाई सहज हुनुका साथै नगर स्वच्छ र सफा रहनेमा विश्वास व्यक्त गरे।

उनले शौचालयको सुरक्षा र संरक्षणमा नगरपालिकाको कार्यालयका साथै सरोकारवालाहरूले पनि ध्यान दिन आग्रह गरे।

'शौचालय सञ्चालनमा आएको छ, यस भित्रको कमी कमजोरी हामी पूरा गर्दै जान्छौँ' उनले भने, 'यो हामी सबैको सम्पति हो, यसको सुरक्षा र संरक्षण गर्ने हामी सबैको दायित्व पनि हो।'

सार्वजनिक शौचालयलाई आफ्नै घर सरहको शौचालयको सम्झिनु पर्ने उनको भनाइ थियो।

उनले शौचालय सञ्चालनले मात्रै नभई कर्मचारी र जनप्रतिनिधीहरूलाई शौचालयको प्रयोग गरेर यसको अनुगमन/निरीक्षण समेत गरेर देखिने समस्या समयमै समाधान गर्न निर्देशन दिए।

नगरको बुद्धचोकमा दुईवटा, सिद्धार्थ राजमार्गदेखि आवारोड जाने मार्ग, देवकोटा चोक, आँखा अस्पताल क्षेत्र र पर्यटकीय गेट (डण्डा) मा एक-एकवटा गरी छवटा जैविक सार्वजनिक सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए। यी शौचालयहरू उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो।

उनका अनुसार जसमा नगरपालिका कार्यालयको ८५ र उपभोक्ता समितिको १५ प्रतिशत लगानीमा शौचालय निर्माण सम्पन्न भएको हो। ३८ लाख बढी रुपैयाँ शौचालय निर्माण भएको हो।

सञ्चालनमा आएको शौचालय आधुनिक किसिमको सुविधा सम्पन्न छ। शौचालयमा दुई हजार लिटरको जैविक डाइजेस्टर सेफ्टी ट्यांकी बनाइएको छ। 

उक्त ट्यांकीमा एनिरोबिक नामक जीवाणु झोल पदार्थ बनाएर ६ सय ६० लिटर राखिएको छ। ट्यांकीको आयु लम्ब्याउनका लागि उक्त जीवाणु राखिएको नगरपालिका कार्यालयको योजना महाशाखा प्रमुख जीवन अर्यालले बताए।

शौचालयमाथि २८० लिटरको पानी ट्यांकी समेत हुनेछ भने पानी सोस्नका लागि सोककिटको समेत व्यवस्थापन गरिएको छ। 

ब्यासिन, फ्लस, बिजुली, धारासहित सुविधा सम्पन्न शौचालय निर्माणले नगरवासी, पर्यटक लगायत लाभान्वित हुने नगरपालिकाले विश्वास लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.