मोदी र गुटेरेसद्वारा 'मिशन लाइफ'को शुभारम्भ

मोदी र गुटेरेसद्वारा 'मिशन लाइफ'को शुभारम्भ

नर्मदा : प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार गुजरातको एकता नगरमा 'मिशन लाइफ' अभियानको शुभारम्भ गरेका छन्। 

प्रधानमन्त्री मोदीद्वारा परिकल्पना गरिएको मिशन लाइफ भारतको नेतृत्वमा विश्वव्यापीरूपमा व्यापक जनसहभागितासहित वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कार्यक्रम हो। 

मिशन  लाइफ  कार्यक्रमअन्तर्गत संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका असर सम्बोधन गर्ने र दीगो विकास लक्ष्यहरूको प्रारम्भिक उपलब्धिहरू प्रदर्शन गर्नको लागि भारतको  पहल महत्त्वपूर्ण हुने अपेक्षा राखिएको छ।

यसअघि प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका थिए। दुवैले केभाडियाको स्ट्याच्यु अफ युनिटीमा पुष्पहार अर्पण गरेका थिए। संयुक्त राष्ट्रसंघका महासचिव मिशन लाइफ (पर्यावरणका लागि जीवन शैली) पुस्तिका, लोगो र ट्यागलाइनको विमोचनमा प्रधानमन्त्री मोदीसँग सामेल भएका थिए।
 
राष्ट्रसंघका महासचिव तीन दिने भारत भ्रमणमा छन्। बुधबार गुटेरेसले विदेश मन्त्री एस जयशंकरलाई भेटी बहुपक्षीयतामा विश्वव्यापी चिन्ता र चुनौतीहरूका विषयमा छलफल गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.