जी-२० मा इन्डोनेशियालाई चीनको साथ

जी-२० मा इन्डोनेशियालाई चीनको साथ

बेइजिङ : चीनले इन्डोनेशियालाई विश्वका प्रमुख विकसित र विकासशील अर्थतन्त्रहरूको अन्तरसरकारी मञ्च जी-२० मा इन्डोनेशियालाई सघाउने घोषणा गरेको छ। 

यही कात्तिक २९ गते इन्डोनेशियाको बालीमा हुने जी-२० को शिखर बैठकमा समूहको अध्यक्षको रूपमा आफ्नो भूमिका निर्वाह गर्न इन्डोनेशिया सक्षम रहेको जनाउँदै चीनले उसलाई सम्मेललनमा सघाउने एवम् भावी योजना एवं रणनीतिमा आफ्नो समर्थन रहने बताएको हो।

शिखर सम्मेलनले विश्वव्यापी कोभिड-१९ प्रतिको प्रतिकार्य, आर्थिक पुनरुत्थान, खाद्य सुरक्षा तथा ऊर्जामा योगदान गर्ने अपेक्षा चीनको रहेको एक जना वरिष्ठ चिनियाँ कूटनीतिज्ञले बिहीबार बताएका हुन्। 

उप विदेशमन्त्री मा झाओसुले बाली शिखर सम्मेलनको 'एकसाथ सुदृढ पुनः प्राप्तिको नारालाई चीनको समर्थन रहेको बताउँदै कोभिड-१९ प्रतिको प्रतिकार्यका निम्ति अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ तुल्याउन, विश्वव्यापीरूपमा आर्थिक सुधार प्रवर्द्धन गर्ने,  विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षा सुनिश्चित गर्नेलगायत क्षेत्रमा शिखर सम्मेलनले सक्रिय एवं रचनात्मक भूमिका निर्वाह गर्ने बताए। 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उप विदेशमन्त्री माले समूहको सदस्यको रूपमा चीनले अन्तर्राष्ट्रिय आर्थिक सहयोग र विश्वव्यापी आर्थिक सुशासनमा सक्रिय भाग लिइरहेको, दिगो, सन्तुलित एवं समावेशी वृद्धिलाई अघि बढाउन अन्य पक्षहरूसँग मिलेर काम गरिरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.